बिजुलीको पोल सार्न घूस लिएपछि…

काठमाडौं, २९ पौष । बिजुलीको पोल सार्न नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुले घूस लिन थालेको सूचनापछि अख्तियार दुरुपयोग अनुसन्धानले घूससहित एकजना अधिकारीलाई पक्राउ गरेको छ । यसरी घूस लिने काठमाडौं ग्रिड महाशाखा सव स्टेसन पाटन, ललितपुरमा कार्यरत सव स्टेसन प्रमुख सोमप्रसाद पहाडी हुन् । पहाडीले एक लाख ४० हजार घूस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको […]

सम्बन्धित सामग्री

घूस लिएको आरोपमा विद्युत् प्राधिकरणका सुपरभाइजरविरुद्ध आरोप–पत्र दायर

फागुन २३, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घूस लिएको आरोपमा  नेपाल विद्युत् प्राधिकरणका सब–स्टेशनका प्रमुख सुपरभाइजरविरुद्ध आरोप पत्र दायर गरेको छ । नेपाल विद्युत् प्राधिकरण, काठमाडौं ग्रिड महाशाखा, पाटन, ललितपुर सब– स्टेशनका (प्रमुख) सुपरभाइजर सोमप्रसाद पहाडीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो । नेपाल विद्युत् प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नको लागि सेवाग्राहीसँग रू. १ लाख ४० हजार घूस मागिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले पहाडीलाई सेवाग्राहीबाट घूस लिइसकेको अवस्थामा गत पुस २९ गते नियन्त्रणमा लिएको थियो । निजलाई बिगो रू. १ लाख ४० हजार कायम गरी सोमवार विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको आयोगले जानकारी दिएको छ ।