काठमाडौँ। नर्भिक इन्टरनेसनल हस्पिटलअन्तर्गतको ‘नर्भिक आइभिएफ सेन्टर’ले आउँदो शनिबार (चैत ४ गते) निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ।
निस्सन्तानसम्बन्धी समस्या भएका र दुरबिन पद्धतिबाट स्त्रीरोग सम्बन्धमा शल्यक्रिया गर्न चाहने तथा अन्य कुनै स्त्रीरोगसम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गर्दै हस्पिटलले निःशुल्क ओपिडी सेवा सञ्चालन गर्न लागेको हो।