राजलवटको परिवार नै निःशुल्क गुर्जो वितरण अभियानमा (फोटोफिचर)

काठमाडौं, २३ माघ । गुर्जो अभियन्ता कमलबहादुर राजलवटले गुर्जोको चिया र धुलो औषधी वितरण गरेका छन् । हिजो (शनिबार) साँखुस्थित् शाली नदीमा दर्शनार्थीहरु र स्वस्थानी ब्रतालुहरुलाई गुर्जो चिया सेवन गराईएको राजलवटले जनाएका छन् । त्यसैगरी मनहरा सफाईमा भने अन्जु प्रधान, राजेशमोहन प्रधानले गुर्जोको चिया सेवन गराएका थिए । उता, बाग्मती सफाईमा सफाईमा भने राजलवटका दाई […]

सम्बन्धित सामग्री

तारकेश्वरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना, ६ वटा ह्विलचियर वितरण (फोटोफिचर)

काठमाडौं, ५ चैत्र । सशस्त्र प्रहरी परिवार महिला संघ र नेपाल–भारत महिलामैत्री समाजको संयुक्त आयोजनामा नेपाल ए.पि.एफ. अस्पतालका विशेषज्ञ चिकित्सकहरुद्धारा तारकेश्वर नगरपालिका–५ अर्यालटार खेलकुद मैदानमा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । हिजो (शनिबार) सम्पन्न उक्त उक्त शिविरमा साधारण स्वास्थ्य परीक्षण, नाक–कान–घाँटी, आँखा, हाडजोर्नी, बाल रोग, स्त्री रोग र अल्ट्रासाउण्डजस्ता सेवा प्रदान गरिएको […]

ग्लोबल आइएमई बैंकद्वारा निःशुल्क महिला स्वास्थ्य शिविर आयोजना

ग्लोबल आइएमई बैंकले “ग्लोबल आइएमई स्वस्थ नारी पहल अभियान” अन्तर्गत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ६ स्थानमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ । बैंकले पश्चिम रुकुमको मुसीकोट नगरपालिका–७ स्थित साँख स्वास्थ्य चौकी, सुर्खेतको विरेन्द्रनगर नगरपालिका–१६ स्थित सानीलेख स्वास्थ्य चौकी, बैतडीको पञ्चेश्वर गाँउपालिका–५ स्थित गिरेगाडा स्वास्थ्य चौकी, डोटीको पूर्वीचौकी गाँउपालिका स्थित सानागाँउ स्वास्थ्य चौकी, दार्चुलाको महाकाली नगरपालिका–७ स्थित धाप स्वास्थ्य चौकी र दैलेखको नारायण नगरपालिका–५ स्थित त्रिवेणी स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर आयोजना गरेको हो ।  बैंकद्वारा आयोजित स्वास्थ्य शिविरमा स्त्रीरोग विशेषज्ञहरुले ७५७ जना महिलाहरुलाई स्त्रीरोग सम्बन्धी विभिन्न सेवाहरु निःशुल्क रुपमा उपलब्ध गराएको बैंकले जनाएको छ । नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोग तथा सम्बन्धित गाँउपालिका÷नगरपालिकाको समन्वयमा बैंकले यी स्वास्थ्य शिविरहरु आयोजना गरेको होे । शिविरमा महिलाको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सरको परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार तथा निशुल्क औषधि वितरण गरिएको बैंकले जनाएको छ। बैंकका अनुसार शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका १ जना बिरामी र पाठेघरको क्यान्सरको गम्भीर अवस्था भएका ६ जना बिरामी पहिचान गरिएका छन्, जसलाई स्वस्थ नारी पहल अभियान कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ । यसअघि बैंकले १५औँ वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा सातवटा शिविर सञ्चालन गरेको थियो । बैंकले यो आर्थिक वर्षमा देशभर १४ वटा शिविर सञ्चालन गरेको र देशका ग्रामीण तथा अर्धशहरी क्षेत्रका १ हजार ६६० महिलाहरु लाभान्वित भएको बैंकले जनाएको छ । प्राथमिक स्वास्थ्य सेवाको पहुँच सीमित वा पहुँच नभएका दुर्गम स्थानहरूमा बैंक पुगी यस्ता किसिमका स्वास्थ्य शिविरहरुको आयोजना गर्ने गरेको छ ।बैंकले २८८ शाखा, २५२ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७५ सेवा केन्द्रबाट २८ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

झापा गाउँपालिकाका विपन्न दीर्घरोगीको निःशुल्क स्वास्थ्य बीमा

झापाको झापा गाउँपालिकाले मधुमेह र उच्च रक्तचापका सबै विपन्न दीर्घरोगीलाई घरमै पुगेर निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । गत वर्ष नै गाउँका दीर्घरोगीलाई निःशुल्क औषधि वितरण गर्ने सोचाइ बनाइएकामा त्योभन्दा स्वास्थ्य बीमा नै प्रभावकारी हुने निष्कर्ष निस्किएकाले यसवर्षदेखि दीर्घरोगी विपन्न परिवार छानीछानी बीमा गरिदिएको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताउनुभयो । स्वास्थ्य स्यम्सेविका परिचालन गरेर पालिकाका …

ग्लोबल आइएमई बैंकको निःशुल्क स्वास्थ्य शिविर

ग्लोबल आइएमई बैंकले आफ्नो १५औं वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तीकरणको प्रयास स्वरुप ‘मेरी उनीलाई स्वस्थ नारी पहल अभियान’ सञ्चालन गरेको छ ।सोमबारदेखि शनिबारसम्म सञ्चालन हुने कार्यक्रमअन्तर्गत बैंकले सातवटै प्रदेशमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविरको सञ्चालन गर्नेछ । शिविरमा महिलाहरुको स्वास्थ्य परीक्षण, औषधि वितरण तथा भीआईए जाँच लगायतका सेवाहरु निशुल्क रुपमा उपलब्ध हुने बताइएको छ ।नेपाल परिवार […]

निःशुल्क स्यानेटरी प्याड वितरण

युग बुद्ध नेपालले भृकुटी मण्डपस्थित सार्वजनिक शौचालयदेखि निःशुल्क सेनेटरी प्याड वितरण अभियानको शुभारम्भ गरेको छ ।  अभियानबाट सयौं महिला लाभान्वित भएका छन् । यसअघि संस्थाले महिलाका लागि निःशुल्क परिवार नियोजनका साधन वितरण गरिसकेको छ ।  संस्थाले क्रमशः देशका प्रमुख शहरका शौचालय, विद्यालय तथा अन्य आवश्यक पर्ने स्थानमा प्याड वितरण गरिँदै लैजाने अभियान रहेको बुद्ध नेपालका अध्यक्ष नारायण शर्माले जानकारी दिए ।

मोदी गाउँपालिकाले विद्युत् महसुल तिरिदिने

पर्वत । पर्वतको मोदी गाउँपालिकाले पालिकाभित्रका विपन्न परिवार र २० युनिटभन्दा कम बिजुली उपयोग गर्ने नागरिकको विद्युत् महसुल तिरिदिने भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ देखि कार्यान्वयन गर्नेगरी गाउँपालिकाले यो कार्यक्रम ल्याएकोहो । मोदी गाउँपालिका विद्युत्को हब हो । यहाँको मोदीखोलामा दुईओटा जलविद्युत् आयोजना सञ्चालित छन् भने दुईओटा आयोजना चालू आवभित्रै सम्पन्न हुने चरणमा छन् । विद्युत्को हब भएकाले स्थानीयले विद्युत्मा छूट दिन माग गर्दै आएका थिए । गाउँपालिकाले स्थानीयको माग अनुसार चालू विद्युत् निःशुल्क उपलब्ध गराउन थालेको मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले सर्वसाधारणको विद्युत् महसुल बेहोर्न चालू आवमा २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । ‘कस्तो आर्थिक अवस्था भएका र कुन कुन समुदाय तथा वर्गका परिवारको महसुल तिर्ने भन्नेबारे कार्यविधि निर्माण गरिरहेका छौं,’ पौडेलले भने, ‘गाउँपालिकाले आफ्नो नीतिमा उल्लेख गरेको विषयलाई कार्यविधि बनाएर लागू गर्न लागिएको हो ।’ कार्यविधिमा मासिक आय कम हुने, विपन्न तथा दलित परिवारलाई प्राथमिकतामा राखिएको पौडेलले बताए । मोदीका सबै वडामा विपन्न तथा कम आय भएका परिवारको लगत संकलन गर्न कर्मचारी खटाइएको छ । कार्यविधि तयार भइसकेपछि यसबारे स्पष्ट हुने गाउँपालिकाका प्रवक्ता विमल लामिछानेले बताए । निःशुल्क विद्युत् बाल्न दिनेगरी योजना बनाएको पालिकाले कार्यविधि बनाउन ढिलाइ भए पनि साउनदेखिकै महसुल तिर्ने भएको छ । पालिकाले त्यसका लागि विद्युत् प्राधिकरणको कुश्मा वितरण केन्द्रसँग समन्वय गरिसकेको छ । अनुमानित २० लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाले उक्त रकमले अपुग भएमा थप्ने बताएको छ । हालसम्म नेपाल विद्युत् प्राधिकरणको मोदीखोला र निजीक्षेत्रको युनाइटेड मोदी जलविद्युत् आयोजना गरी २४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । निजीक्षेत्रका दुई आयोजनाको ३५ दशमलव १ मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माणाधीन छन् । अहिले सञ्चालित आयोजनाबाट मोदी गाउँपालिकाले वार्षिक १ करोड ३० लाख रुपैयाँ रोयल्टी प्राप्त गर्छ । सोही रोयल्टीबाट प्राप्त रकमबाट पालिकावासीलाई विद्युत् महसुलमा छूट दिन लागिएको गाउँपालिकाले बताएको छ ।

राहतमा ‘पत्रु खाना’ वितरण नगर्न आग्रह, शिशुलाई आमाको दूध नै सबैभन्दा प्रभावकारी

काठमाण्डाै - निषेधाज्ञाका बेला राहतका नाममा बालबालिकाको स्वास्थ्यमा असर पार्ने प्याकेटका खाद्यवस्तु तथा बट्टाको दूध वितरण नगर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । पछिल्लो समय पालिका तथा विभिन्न सङ्घसंस्थाले राहत वितरण गर्दा बालबालिकालाई पत्रु खाना पनि वितरण गरेको गुनासो आएपछि मन्त्रालयले राहतवितरण गर्दा बालबालिकालाई यस्ता खानेकुरा नदिन आग्रह गरेको हो । आपतकालीन अवस्थामा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु निःशुल्क वितरण गर्ने वा अनुदानमा दिने गर्दा स्तनपानलाई निरुत्साहित गर्ने भएकाले सचेत रहन स्वास्थ्य मन्त्रालयको परिवार कल्याण म...

बझाङमा  हिँउदे खडेरीका कारण गहुँ उत्पादनमा कमी

लामो समयदेखिको खडेरीका कारण जिल्लाका विभिन्न ठाउँमा लगाइएको हिँउदेबालीको उत्पादनमा क्मी आएको छ । जिल्लाको सेती, कालङ्गा, बहुलीगाड, सुनिगाडलगायतका नदी र खोलाको तटमा रहेका र सिँचाइको सुविधा भएका सीमित क्षेत्र आकासेपानीको भरमा खेती गरिने सबै ठाउ“को उत्पादनमा क्मी आएको छ । लामो समयसम्म परेको खडेरीका कारण गहु“, जौ, उवा, केराउ, मसुरोलगायतका हिउँदेबालीको उत्पादनमा क्मी आउँदा जिल्लामा चरम खाद्य सङ्कट हुने देखिएको छ ।  यस वर्ष खडेरीका कारण अधिकांश क्षेत्रमा लगाएको हिउ“देबाली सुकेर नष्ट भएपछि वर्षभरि कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको जयपृथ्वी नगरपालिका­१ का किसान अमृत शाहीले बताउनुभयो । “हिँउदभरि पानी नपर्दा लगाएको बाली सुक्यो । सिँचाइ हुने ठाउँमा अलिअलि उम्रेको थियो त्यो पनि असिनाले चुटेर सखापै बनायो । एकातिर खडेरीले सुकायो अर्कातिर असिनाले नष्ट भयो’’, उहाँ भन्नुहुन्छ ।  यस वर्ष आउनसक्ने खाद्य सङ्कटबाट भोकमरी हुन नदिन खडेरी पिडित किसानलाई तत्काल राहतको व्यवस्था गर्नुपर्ने सुदुरपश्चिम खाद्य अधिकार सञ्जालका संयोजक बलबहादुर रोकायाले बताउनुभयो । प्रदेश र स्थानीय सरकारले प्रभावित परिवारका लागि तत्काल राहतस्वरुप खाद्यान्न वितरण गर्नुपर्ने र वर्षे बालीका लागि बिउ तथा मल निःशुल्क उपलब्ध गराउनु पर्नेमा उहाँ जोड दिनुहुन्छ ।

गुल्मीका विपन्न परिवारलाई निःशुल्क विद्युत् मिटर वितरण

गुल्मी : नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीले ९०० विपन्न परिवारका लागि निःशुल्क विद्युत् मिटर वितरण गरेको छ। १२ स्थानीय तहका विपन्न परिवार विद्युत् मिटर लिन नसकेर विद्युतविहीन हुन नपरोस् भनेर निःशुल्क मिटर उपलब्ध गराएको वितरण केन्द्रका प्रमुख नारायण अर्यालले बताए। अर्यालका अनुसार  गत आर्थिक वर्षमा स्थानीय तहकोे सि...

सोलार वितरणले ४२ परिवार खुसी

सभापोखरी गाउँपालिकाले दुर्गम भेगका ४२ परिवारलाई सहज दैनिकीका लागि निःशुल्क सोलार सेट वितरण गरेको छ । अन्धकारमा जीवनयापन गरिरहेका गरिव र विपन्न परिवारलाई राहतको अनुभूति दिलाउने उद्देश्यले निःशुल्क रूपमा सोलार वितरण गरिएको सभापोखरी–६ का वडाध्यक्ष विकास पौडेलले बताए ।