काठमाण्डाै - निषेधाज्ञाका बेला राहतका नाममा बालबालिकाको स्वास्थ्यमा असर पार्ने प्याकेटका खाद्यवस्तु तथा बट्टाको दूध वितरण नगर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । पछिल्लो समय पालिका तथा विभिन्न सङ्घसंस्थाले राहत वितरण गर्दा बालबालिकालाई पत्रु खाना पनि वितरण गरेको गुनासो आएपछि मन्त्रालयले राहतवितरण गर्दा बालबालिकालाई यस्ता खानेकुरा नदिन आग्रह गरेको हो ।
आपतकालीन अवस्थामा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु निःशुल्क वितरण गर्ने वा अनुदानमा दिने गर्दा स्तनपानलाई निरुत्साहित गर्ने भएकाले सचेत रहन स्वास्थ्य मन्त्रालयको परिवार कल्याण म...