पर्वत : गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०।८१ को वार्षिक नीति तथा कार्यक्रम आइतबार बसेको प्रदेशसभा बैठकमा प्रस्तुत गरेको छ।प्रदेश सरकार स्थापना भएदेखि नै नागरिकले अनुभूत गर्ने शासकीय अभ्यासलाई लोकतान्त्रिक विधि र पद्धति अनुरूप सञ्चालन गरिएको बताएको प्रदेश सरकारले यो अवधिमा प्रदेशको सुशासन, विकास र समृद्धिको खाका तयार भएको दाबी गरेको छ।प्रथम पञ्चवर्षीय योजनाले परिलक्षित गरेको गन्तव्य प्राप्तिका लागि पर्यटन, ऊर्जा, कृषि, उद्योग, भौतिक पूर्वाधार, मानव संसाधन र सुशासन गरी सात मुख्य संवाहक प