शेयर बजार किन निरन्तर ओरालो लाग्दै छ ? ३० मध्ये २० दिन घटेको बजारमा ७६ अंकको गिरावट

काठमाडौं । पछिल्लो केही दिनदेखि बजार ओरालो लागेको छ । ३० कारोबार दिनमा नेप्से परिसूचक २९१ दशमलव ८४ अंक घटेको छ भने १९९ दशमलव ८१ अंक बढेको छ । यसरी हेर्दा बजारमा क्रेताभन्दा विक्रेता हाबी भएको देखिन्छ । पछिल्लो समय बजार विस्तारका लागि नयाँ ब्रोकर लाइसेन्स प्रक्रिया अगाडि बढेको छ भने नयाँ स्टक एक्सचेन्ज आउने प्रक्रियामा रहे पनि शेयर बजारप्रति लगानीकर्ताको सक्रियता भने घट्दै छ ।   पछिल्लो समय बजारमा आर्थिक संकट शुरू भएका समाचारहरू बाहिरिएका छन् । वैशाखदेखि बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर घटाए तर कर्जाको ब्याजदर यथावत् हुनाले पनि शेयर बजार प्रभावित भएको देखिन्छ । बजार दिनहुँ घट्दै गर्दा लगानीकर्ता संघले अर्थमन्त्रीलाई भेटेर धितोपत्र बजारसम्बन्धी नीतिगत कुरा परिमार्जन गर्नुपर्ने माग गरेका छन् ।  घट्दो बजारमा कारोबार रकमसमेत घटेको छ । सस्तो मूल्यमा लगानीकर्ताहरूले बेच्न चाहेका छैनन् भने यो मूल्यमा खरीदकर्ता पनि आकर्षित नहुँदा कारोबार रकम रू. ६२ करोडमा झरेको छ । केही विश्लेषकहरूले यो समयमा लगानी गर्दा जोखिमभन्दा पनि प्रतिफल बढी हुने बताएका छन् ।  साताको तेस्रो कारोबार दिन बुधवार नेप्से परिसूचक शून्य दशमलव ४९ प्रतिशत अर्थात् ९ दशमलव १८ अंक घटेर १ हजार ८५७ दशमलव २३ विन्दुमा ओर्लिएको छ । यस दिन २६५ धितोपत्रको २१ लाख ५५ हजार ५८६ कित्ता १८ हजार ८७६ पटकमा रू. ६२ करोड २ लाख बराबर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा बढी ६ दशमलव शून्य ९ प्रतिशत वृद्धि भई प्रतिकित्ता रू. ४६५ दशमलव ५० पुगेको हो । त्यस्तै दोस्रोमा श्वेत-गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको शेयर मूल्य ५ दशमलव ६६ प्रतिशत बढेर रू. ३२१ दशमलव २० पुगेको छ ।  बुधवार एनआईबिएल ग्रोथ फण्डका इकाईधनीहरूले सबैभन्दा धेरै गुमाएका छन् । फण्डको इकाई मूल्य ५ दशमलव ३५ प्रतिशत घटेर रू. ७ दशमलव ६१ मा झरेको छ । त्यस्तै दोस्रोमा सनराइज ब्लूचिप फण्डको इकाई मूल्य ५ दशमलव १९ प्रतिशत घटेर रू. ७ दशमलव ३० कायम भएको छ ।  सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा शिवम् सिमेन्ट्सले ओगटेको छ । कम्पनीको रू. ३ करोड ५ लाख बराबर कारोबार भएको हो । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा हिमालयन डिष्टिलरीको रू. २ करोड ५६ लाख बराबर कारोबार भएको छ ।  यस दिन समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव शून्य १ प्रतिशत र म्युुचुअल फण्डको शून्य दशमलव १९ प्रतिशत वृद्धि भएको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको सूचक १ दशमलव ४८ प्रतिशत घटेको छ ।  बुधवार सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ३३ प्रतिशत र फ्लोट इन्डेक्स शून्य दशमलव ५३ प्रतिशत घटेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ३० प्रतिशत घटेको हो ।

सम्बन्धित सामग्री

शेयर बजार : कहिले सर्किट ब्रेक कहिले ओरालो

नेपालको शेयर बजार कहिले सर्किट ब्रेक हुने गरी उकासिन्छ भने कहिले उच्च अंकले ओरालो लाग्छ । साताको पहिलो दिन आज आइतबार पनि त्यस्तै भयो । शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव शुन्य तीन अङ्कले ओरालो लागेर दुई हजार ८८ दशमलव शुन्य सातमा …

शेयर बजार फेरि ओरालो

काठमाडौं । गत बिहीबार दोहोरो अंकले सुधारिएको शेयर बजार आज पुनः ओरालो लागेको छ । उतारचढावबीच बजार परिसूचक नेप्से ७ अंकले घटेर २ हजार ६० कायम भएर थामियो । सुरुवाती समयमा बजार सुधारिएर नेप्से २ हजार ८७ अंक बराबर पुगेपनि नेप्सेले बृद्धि कायम गर्न सकेन । कारोबार भने २ अर्ब हाराहारी नै रह्यो । होटल […]

७७ अङ्कले घटेर शेयर बजार राताम्मे, ६ वटाबाहेक सबै कम्पनीको शेयर ओरालो

काठमाण्डाै – शेयर बजार आज साेमवार ७७ अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ७७ दशमलव शून्य एक अङ्कले घटेर एक हजार नाै सय १५ दशमलव ६१ विन्दुमा झरेको छ ।  सबै समूहको शेयर ओरालो लागेकोमा विकास बैंक, जलविद्युत्, बीमा, उत्पादन र लघुवित्त समूहको शेयर उच्च अङ्कले घटेको छ ।  आज दुई सय २७ वटा कम्पनीको शेयर कारोबार भएकोमा ६ वटाबाहेक सबै कम्पनीको शेयर घटेको छ । ६३ लाख १३ हजार कित्ता शेयर दुई अर्ब ३२ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको ११ करोड रुपैयाँक...

लगातार चौथो दिन पनि शेयर बजार ओरालो, १ अर्ब १६ करोड रुपैयाँको कारोबार

काठमाण्डाै – लगातार चौथो दिन आज बिहीवार पनि शेयर बजार ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव २६ अङ्कले घटेर दुई हजार एक सय १२ दशमलव ४७ विन्दुमा झरेको छ ।  आज म्युचल फन्डबाहेक अरू सबैजसो समूहको शेयर ओरालो लागेकोमा बीमा समूहको शेयर उच्च अङ्कले घटेको छ । दुई सय २७ वटा कम्पनीकाे ३५ लाख ६६ हजार कित्ता शेयर एक अर्ब १६ करोड १५ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै माउन्टेन हाइड्रो नेपालको १२ करोड १२ लाख रुपैयाँको शेयर किनबेच भयो ।  आज सबैभन्दा धेरै प्रभु लाइफ इन्सुरेन्स कम्...

शेयर बजार घटेर राताम्मे, ८ वटाबाहेक सबै कम्पनीको शेयर ओरालो

काठमाण्डाै – काराेबार हुने हप्ताको अन्तिम दिन आज बिहीवार पनि शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३७ दशमलव ६ अङ्कले घटेर दुई हजार दुई सय ३८ दशमलव ६२ विन्दुमा झरेको छ ।  सबै समूहको शेयर घटेकोमा विकास बैंक, जलविद्युत्, माइक्रोफाइनान्स र बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय ३२ वटा कम्पनीका ४६ लाख ७४ हजार कित्ता शेयर एक अर्ब ६५ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भयो । सबैभन्दा धेरै सूर्य लाइफ इन्सोरेन्सको आठ करोड ४५ लाख रुपैयाँको शेयर किनबेच भयो ।  आज घले...

शेयर बजार आज दोहोरो अंकले ओरालो

काठमाडौं । बुधबार एकाएक ४० अंकले उकालो लागेको शेयर बजार आज (बिहिबार) पुनः दोहोरो अंकले ओरालो लागेकाे छ । उतार चढावबीच बजार परिसूचक नेप्से २४ अंक बराबरले ओरालो लागेर २५ सय ४४ कायम भएर थामिएकाे हाे । व्यापार बाहेक अरु सबै समूह ओरालो लाग्दा कारोबार पनि २ अर्ब तलै खुम्चिएको छ । जीवन बीमा समूह […]

ओरालो लाग्यो शेयर बजार

काठमाडौँ – कारोबार सुरु भएको ३९ औँ मिनेटमा सेयर बजार ओरालो लागेको छ। कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार ३९.७० अंकले घटेको छ। शेयर बजार ३९.७० अंकले ओरालो लाग्दा नेप्से परिसूचक २ हजार ३७४.९२ विन्दुमा पुगेको छ। यस अवधिमा ७ लाख ९३ हजार ११५ कित्ता सेयर ३६ करोड ८५ लाख ८३ हजार ४०३ रुपैयाँमा कारोबार […]

मंगलबार पनि शेयर बजार ओरालो

काठमाडौँ–  लगातार शेयर बजार ओरालो लागिरहेको छ। आइतबार ओरालो लागेको सेयर बजार  मंगलबार पनि घटेको छ। सोमबार भने कृष्णाष्टमी परेका कारण सेयर कारोबार भएन। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज ६९.०५ अंकले घटेर २,९७५.८४ अंकमा सीमित भएको छ। आज बजार २.२७ प्रतिशतले घट्दा नेप्से परिसूचक २,९७५.८४ अंकमा ओर्लिएको हो। आज २ करोड ३१ लाख ९ […]

शेयर बजार ओरालो लाग्यो, कारोबार रकम पाँच अर्बमै खुम्चियो

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार ओरालो लागेको छ । नेप्से आज आठ दशमलव ४८ अङ्कले घटेर दुई हजार आठ सय ३४ दशमलव ५१ विन्दुमा झरेको छ । आज होटल, अन्य र म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । बैंकिङ समूहको शेयर सात अङ्कले, विकास बैंकको ४५, व्यापारको १७, जलविद्युतको तीन, फाइनान्सको ३९ र माइक्रोफाइनान्स समूहको शेयर २६ अङ्कले घटेको छ । यस्तै जीवन बीमा समूहको शेयर ४५ अङ्कले, निर्जीवन बीमा समूहको एक सय १९, उत्पादनको २४ र लगानी समूहको शेयर एक सय ६ अङ्कले  घटेको छ । आज दुई सय २४ कम्पनीका ...