८ असार, काठमाडौं । लागूऔषध दुर्व्यसनमा परेका ब्यक्तिहरुलाई चिकित्सकको सिफारिसबिना औषधि बेचबिखन गर्ने फार्मेसी सञ्चालकसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ गंगाजमुना गाउँपालिका-५ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-५ लोलाङस्थित गंगाजमुना फार्मेसी सञ्चालन गरी बस्ने ४२ वर्षीय डिल बहादुर कार्की, नुवाकोट ककनी गाउँपालिका-१ स्थायी वतन भएका २२ वर्षीय राज कुमार तामाङ, […]