काठमाडौं । अनुहारमा देखिने खुँडोपनलगायतका विभिन्न समस्याको उपचारका लागि नेपालमा ‘क्रेनियोफेसियल’ सम्बन्धी अलग्गै अस्पताल स्थापना हुने भएको छ । अन्तर्राष्ट्रिय संस्था क्लेफ्ट चिल्ड्रेन इन्टरनेसनलको आर्थिक सहयोग तथा क्रेनियोफेसियल सर्जन डा. सुमित सिंहको पहलमा काठमाडौँको नख्खुमा सो उक्त अस्पताल स्थापना गर्न लागिएको आज यहाँ आयोजित एक कार्यक्रममा जानकारी दिइयो । आगामी डेढ वर्षमा सो अस्पताल स्थापना […]