परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले आइतबार राहदानी विभागको कार्यालय पुगेर निरीक्षण गरेका छन् । त्यसक्रममा उनले विभागबाट हुने सेवा प्रवाहमा ढिलासुस्तीको अन्त्य गर्न निर्देशन दिएका छन् । त्रिपुरेश्वरस्थित विभागको कार्यालयमा पुगेका मन्त्री साउदले विभागबाट सेवाग्राहीहरुले कसरी सेवा पाइरहेका छन् भन्नेबारे स्थलगत निरीक्षण र जानकारी लिएका थिए ।