काठमाण्डाै – त्रिदेशीय टी–ट्वान्टी क्रिकेट श्रृंखलामा मलेसियासँगको खेलमा नेपालले बलिङ गरिरहेको छ । कीर्तिपुर मैदानमा मलेसियाले टस जितेर पहिला ब्याटिङ रोजेपछि नेपालले बलिङ गरेको हो ।
नेपालका करण केसीले पहिलो ओभरको पहिलो बलमा नै विकेट लिएका छन् । मलेसियाका वीरन्दिप सिंह आउट भएका छन् । नेपाल र मलेसियाले आफ्नो पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई हराएका थिए ।
नेपालले पीएनजीलाई १५ रन र मलेसियाले ८ रनले हराएको हो । नेपाल र मलेसिया यसअघि टी–ट्वान्टीमा ६ खेलिसकेका छन् । नेपाल पाँच खेल...