काठमाडौं : कालिकोटको फुकोट अर्ध जलाशययुक्त जलविद्युत आयोजनामा डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। आयोजनाको डोजर भीरबाट खसेर नदीमा पुग्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको र तीनजना बेपत्ता र तीन जना घाइते भएका कालिकोटका प्रहरी निरीक्षक शुबराज बमले जानकारी दिए।उनका अनुसार कालिकोट सान्नी त्रिवेणी गाउँपालिका १ का ३० वर्षीय चरित्र सार्की र सोही गाउँपालिका २ का १६ वर्षीय युवराज बुढाको घटनास्थलमै मृत्यु भएको हो।त्यस्तै, कालिकोटकै अन्दाजी २३ वर्षीय कमल सोडारी, सान्नीत्रिवेणी १ का १९