काठमाण्डाै - नाबालिका बलात्कार गरेको अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले आफू मानसिक तनावमा रहेको र छिट्टै नेपाल फर्किने बताएका छन् ।
आफूविरुद्धको उजुरी डटेर सामना गर्न आफू नेपाल फर्किने तयारीमा रहेको उनले सामाजिक सञ्जालमार्फत बताएका हुन् । उनले आफूविरुद्ध झुटो जाहेरी परेको र भदौ २२ गते मात्र यो कुरा थाहा पाएको उनको दाबी छ ।
आफ्नो चरित्रमा गम्भीर आँच आउने खालका आरोप र समाचारले मानसिक रूपमा विक्षिप्त भएको भन्दै उनले आफू आइसोलेशनमा बसेको पनि बताएका छन् । कानुन व्यवसायीसँग परामर्...