भयावह तथा दुर्घटनामै फस्ने गरी देशमा आर्थिक संकट नभए पनि आर्थिक जटिलतालाई समाधान गर्न सरकार र निजी क्षेत्र हातेमालो गरेर अघि बढ्नु पर्ने बताएका छन् ।नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको चौथो प्रदेश सभाको भैरहवामा उदघाटन गर्दै गृहमन्त्री बालकृष्ण खाँणले निजी क्षेत्रसँग खुल्ला छलफल र सहकार्य गर्नका लागि प्रधानमन्त्री र अर्थमन्त्री पनि सकारात्मक रहेको बताए […]
गृहमन्त्री बालकृष्ण खाणले आर्थिक संकटलाई पार लगाउन सरकार र निजी क्षेत्र दुवै मिल्नु पर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको चौथो प्रदेश सभाको शुक्रबार भैरहवामा उद्घाटन गर्दै गृहमन्त्री खाणले निजी क्षेत्रसँग खुल्ला छलफल र सहकार्य गर्नका लागि सरकार तयार रहेको बताए । उनले नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै आर्थिक संकट आएको बताए । उनले सरकार र निजी क्षेत्र आरोप–प्रत्यारोपमा उत्रिनु भन्दा पनि आर्थिक संकटलाई पार लगाउने केन्द्रित हुनुपर्ने बताए । उद्
हामीकहाँ आर्थिक संकट भन्ने शब्दावलीलाई हलुका किसिमले प्रयोग गर्ने गरिन्छ । अहिले यसलाई तरलता अभावससँग जोडेर हेरिएको छ । सर्वप्रथमत: तरलता अभाव र आर्थिक संकटको फरकबारे प्रस्ट दृष्टिकोण बनेपछि मात्र ती दुईबीचको अन्तरसम्बन्ध हो कि होइन भन्ने बुझ्न पनि सजिलो पर्छ । नेपालमा आर्थिक संकटका विभिन्न लक्षणहरू धेरैवर्ष पहिलादेखि नै देखिन थालेका हुन् । नेपाल ‘लो इक्विलिब्रियम ट्र्याप’मा परेको मुलुक हो । यहाँ न्यून आय, न्यून बचत, तथा लगानी दर न्यून छ र त्यो पनि बाहिरबाट आएको पैसामा आधारित छ । यी सबै कुराहरू अहिलेमात्र देखिएका होइनन् । नेपालमा निजी क्षेत्र उन्नत हुन सकेको छैन । तर यत्ति नै कारणले मात्र आर्थिक संकट बढेको भने होइन । नेपालको अर्थतन्त्र कृषिमा आधारित छ तर त्यसको उत्पादकत्व घटेर गएको छ । आर्थिक संकटको पहिलो लक्षण यसलाई मान्न सकिन्छ ।
दोस्रो, नेपालमा नयाँ लगानी आइरहेको छैन । अहिले नीति नियम तथा कानुन व्यवस्था एकदम बिग्रिएर गएको छ । त्यो पनि संकटको कारण हो । तेस्रो नेपालको पूर्वाधार निर्माण, त्यसको उपयोग, विस्तारसम्बन्धी काम प्रभावकारी ढंगमा अगाडि बढ्न सकेको छैन । संकटलाई गहिरो बनाउन यसले पनि मद्दत गरेको छ । चौथो, नेपालको प्रशासनयन्त्र निकै कमजोर छ । आफूले उठाएको रकम पनि उपलब्धिमूलक ढंगमा खर्च गर्न नसक्ने स्थितिमा प्रशासन पुगेको छ । पाँचौं, यी सबै कुराको पहिचान गरेर जनतामा एक प्रकारको विश्वासको वातावरण बनाउन सक्ने सरकार बन्न नसक्नु पनि संकटको कारक नै हो ।
(प्रकाशचन्द्र लोहनीको आलेखबाट)
वर्ष ५, अंक २०, २०६६, माघ ४–१०