आर्थिक संकटलाई पार लगाउन निजी क्षेत्र र सरकार मिल्नुपर्छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले आर्थिक संकटलाई पार लगाउन सरकार र निजी क्षेत्र दुवै मिल्नु पर्ने बताएका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको चौथो प्रदेश सभाको शुक्रबार भैरहवामा उद्घाटन गर्दै गृहमन्त्री खाणले निजी क्षेत्रसँग खुल्ला छलफल र सहकार्य गर्नका लागि सरकार तयार रहेको बताए । उनले नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै आर्थिक संकट आएको बताए । उनले सरकार र निजी क्षेत्र आरोप–प्रत्यारोपमा उत्रिनु भन्दा पनि आर्थिक संकटलाई पार लगाउने केन्द्रित हुनुपर्ने बताए । उद्