काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरूमा तालाबन्दी गर्ने कार्य स्वीकार्य नहुने बताएका छन् । काठमाडौँ विश्वविद्याल, व्यवस्थापन संकाय र खबर एजुकेसन डटकमले आज आयोजना गरेको उच्चशिक्षाको समस्या र समाधान विषयक छलफलमा उनले कुनै समस्या भएमा विश्वविद्यालको नेतृत्वसँग वार्तामा बसेर समाधान गर्न र नियमित पठनपाठनमा असर पर्नेगरी तालाबन्दी नगर्न विद्यार्थी तथा प्राध्यापक पक्षसँग आग्रह गरे। […]