काठमाडौं। निषेधाज्ञाको अवज्ञा गरी चलाइएका ४७० वटा सवारी साधनलाई आज बिहान काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा ट्राफिक प्रहरीले होल्ड गरेको छ। होल्डमा राखिएकामा ३२१ वटा २ पाङग्रे, १३० वटा चारपाङग्रे र १९ वटा ठूला सवारी साधन रहेका छन्। नियन्त्रणमा लिइएका सवारी साधनलाई कारबाही गरेर छाडिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।