म्याग्दीका एक हजार घरधुरी पहिरोको जोखिममा

म्याग्दी – जिल्लाको बेनीस्थित भू–तथा जलाधार संरक्षण सम्पर्क कार्यालयले ३१ वटा बस्ती पहिरो र १३ ठाउँमा नदी कटानका कारण करिब एक हजार घरधुरी जोखिममा रहेका जनाएको छ । कार्यालयका सहायक भूसंरक्षण अधिकृत शम्भुकुमार मिश्रले म्याग्दीको ३५७.९ हेक्टर जमिन भू–क्षयबाट प्रभावित भएको जानकारी दिए। धौलागिरिको लमसुङ, खोरीया, दर, मराङ, ताकम, मालिकाको देवीस्थान, बिम, जुकेपानी, छाप, रातोढुङ्गा, […]

सम्बन्धित सामग्री

म्याग्दी नदी नियन्त्रणको काम अलपत्र, स्थानीय बाढी, पहिरोको जोखिममा

नदी कटानका कारण उच्च जोखिममा रहेका पश्चिम म्याग्दीका ७ स्थानमा नियन्त्रणको काम अझै शुरूआत नहुँदा स्थानीय चिन्तित भएका छन् । बेनी नगरपालिका–२ बगरफाँट, वडा नम्बर–३ दूधेखोला, वडा नम्बर–४ सिङ्गा, तातोपानी, मसार, तोराखेत तथा मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार संरक्षणका लागि नदी कटान नियन्त्रणको काम अझै थालिएको छैन । कालीगण्डकी नदी कटानका कारण जोखिममा परेको बेनी बजार संरक्षणको काम भने शुरू भएको छ तर म्याग्दी नदी कटानको जोखिममा रहेका ठाउँहरूको संरक्षणमा सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयले गु...