मलेसियामा ज्यान गुमाएका ८ नेपालीको शव काठमाडौँ ल्याइयो

 वैदेशिक रोजगारीको क्रममा मलेसियामा कार्यरत रहँदा ज्यान गुमाएका ८ कामदारको शव शनिवार काठमाडौँ ल्याइएको छ । ८ जनाको शवका साथै अन्य १६ जनाको अस्तु पनि नेपाल ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।मृतकहरू रोजगारीको क्रममा मलेसियामा विभिन्न दुर्घटना र अन्य घटनामा परेर ज्यान गुमाएकाको र उनीहरूको त्यहीं दाहसंस्कार गरिएकाले अस्तु मात्रै नेपाल ल्याइएको जनाइएको छ । केहीको भने मलेसियामै रहँदा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमेकाका कारण उनीहरूको अस्तु मात्रै नेपाल ल्याइएको हो ।

सम्बन्धित सामग्री

मलेसियाबाट ८ शवसहित १६ जना नेपालीको अस्तु ल्याइयो

काठमाडौं, ५ भदौ । वैदेशिक रोजगारीको क्रममा मलेसिया पुगेर ज्यान गुमाएका ८ जना नेपालीको शव काठमाडौँ ल्याइएको छ । विभिन्न समयमा ज्यान गुमाएकी ती ८ जना नेपाली कामदारको शव आज (शनिबार) नेपाल ल्याइएको हो । ती शवसँगै १६ जनाको अस्तु पनि नेपाल ल्याइएको जनाइएको छ । उनीहरुले रोजगारीको क्रममा मलेसियामा विभिन्न दुर्घटना र अन्य घटनामा […]