पर्वत : निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक निर्माण तर्फको करिब ८४ प्रतिशत काम पूरा भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित प्रदेशका मन्त्रीहरूले बुधवार पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अवलोकन गर्ने क्रममा विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले विमानस्थलको ८४ प्रतिशत भौतिक काम सम्पन्न भएको जानकारी गराएका हुन्। निर्माणको अवस्था, विमानस्थल सञ्चालन गर्न लाग्ने समय, स्थानीय सरोकारवालाले उठाएका समस्या आदिका बारेमा बुझ