वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईँको कोरोना सङ्क्रमणबाट ज्यान गयो

काठमाण्डौ – वाग्मती प्रदेशका प्रदेशसभा सदस्य पशुपति चौलागाईँको कोरोना संक्रमणबाट ज्यान गएको छ । नेकपा एमालेका नेतासमेत रहनुभएका प्रदेशसभा सदस्य चौलागाईँको कोरोना संक्रमणबाट ज्यान गएको एमालेका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले पुष्टि गर्नुभयो । चौलागाईँको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा ज्यान गएको एमालेका प्रवक्रा ज्ञवालीले बताउनुभयो । उहाँ गएको चुनावमा दोलखा क्षेत्र नम्बर ख बाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । विद्यार्थी उमेरदेखि नै राजनीतिमा लाग्नुभएका चौलागाईँ अनेरास्ववि...

सम्बन्धित सामग्री

प्रदेशसभामा सहयात्रीले भने : मदन भण्डारी हत्याकाण्डको फाइल खोलौं

हेटौंडा : वाग्मती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले मदन भण्डारी हत्याकाण्डको फाइल खोल्न माग गरेका छन्।   प्रदेशसभामा बुधवार विनियोजित विधेयक २०८० को सिद्धान्त र प्राथमिकताको सन्दर्भमा दफावार छलफल नेकपा माओवादी केन्द्र, वाग्मती प्रदेशका अध्यक्षसमेत रहेका पौडेलले मदन भण्डारीको हत्याको विषयको फाइल खोल्नुपर्ने बताएका हुन्। भ्रष्टाचार धेरै ठाउँमा भएको बताउँदै…

केशव स्थापितले दिए प्रदेशसभा सदस्यबाट राजीनामा

काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाको मेयर पदको उम्मेदवार बनाउने भएपछि वाग्मती प्रदेशसभा सदस्य केशव स्थापितले पदबाट राजीनामा दिएका छन् । उनले आज (आइतबार) प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठलाई राजीनामा पत्र बुझाएका हुन् । आफूले सोमबार काठमाडौँ महानगरको मेयर पदमा उम्मेदवारी दिने उनले बताए ।

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै परेको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं : नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै कांग्रेस वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ। वैद्यले दायर गरेको रिट न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले खारेज गरिदिएको हो। कोरोना महामारीका बेला महाधिवेशन गर्नु जनस्वास्थ्यका दृष्टिले प्रतिकुल हुने भएकाले महाधिवेशन नगर्न माग गर्दै सांसद् वैद्यले…

वाग्मती प्रदेशसभा सदस्य ज्ञवालीले नेकपा (एस) रोजिन्

वाग्मती प्रदेशसभा सदस्य तथा महिला नेतृ मीना ज्ञवालीले नेकपा एमाले छाड्दै नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजिकी छन् ।

वाग्मती प्रदेशसभा सदस्य चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाण्डौ – नेकपा (एमाले) का नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नेता चौलगाईंलाई अन्तिम श्रद्धाञ्जली दिन पशुपति आर्यघाटमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, एमाले वाग्मती प्रदेश सङ्गठनका अध्यक्ष आनन्दप्रसाद पोखरेल, पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङ, वाग्मती प्रदेशसभाका सदस्य रचना खड्कालगायत नेता तथा कार्यकर्ता पुगेका थिए । त्यसअघि आज बिहानै नेता चौलागाईंको पार्थिव शरीरमा सञ्चार तथा सूचना प्रविधिमन्त्र...

कोरोना संक्रमणबाट एमाले नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको निधन

नेकपा एमालेका नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको कोरोना संक्रमणबाट निधन भएको छ । उपचारका क्रममा मंगलबार साँझ मनमोहन मेमोरियल अस्पतालमा उनको निधन भएको हो ।