काठमाण्डाै - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूहरुको कामको तारिफ गर्न कन्जुस्याइँ गरे पनि दिल खोलेर खबरदारी गर्न अनुरोध गर्नुभएको छ ।
आफूलाई बधाई तथा शुभकामना दिनेहरुलाई सामाजिक सञ्जाल फेसबुकमार्फत् धन्यवाद दिँदै लामिछानेले खबरदारी गरिरहन अनुरोध गर्नुभएको हो । उहाँले कानुन अनुसार हुने काममा मन्त्रीलाई नै भेट्नुपर्ने आवश्यकता नरहेको भन्दै गृहमन्त्रालयका कर्मचारीहरु काम गर्न योग्य, सक्षम र प्रतिबद्ध रहेका बताउनुभएको छ ।
यस्तै, उहाँले अब भेटघाट, फूलमाला, खादा, गम्छाको सिलसिलालाई रोकेर न...