काठमाडौं - मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल) मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा मृत्यु हुनेको संख्या १३३ पुगेको छ ।
शुक्रबार राति मस्कोको क्रोकस सिटी हलमा भएको आतंकवादी हमलामा मृत्यु हुनेको संख्या १३३ पुगेको रूसको अनुसन्धान समिति (आइसीआर) ले अपडेट दिएको हो ।
घाइतेहरूको अवस्था गम्भीर रहेक...
काठमाडौं - मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल) मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा मृत्यु हुनेको संख्या १३३ पुगेको छ ।
शुक्रबार राति मस्कोको क्रोकस सिटी हलमा भएको आतंकवादी हमलामा मृत्यु हुनेको संख्या १३३ पुगेको रूसको अनुसन्धान समिति (आइसीआर) ले अपडेट दिएको हो ।
घाइतेहरूको अवस्था गम्भीर रहेक...
हालै मात्र अन्तरराष्ट्रिय खोज पत्रकारहरूको सञ्जालले सार्वजनिक गरेको ‘पन्डोरा पेपर्स’ फेरि एकपटक विश्वका प्रभावशाली राजनीतिज्ञ, अपराधी तथा व्यवसायीहरूले आफ्ना अवैध आर्जनलाई कसरी करमुक्त भनिने देशहरूमा छद्म कम्पनीमार्फत गोप्य तरीकाले कारोबार गरिरहेका छन् भन्ने खुलासा गरेको छ ।
हुन त यस्तै प्रकारका खुलासा यसभन्दा अगाडि पनि ‘पानामा पेपर्स’ तथा ‘प्याराडाइज पेपर्स’को रूपमा भइसकेकाले ‘पन्डोरा पेपर्स’ले कुनै नयाँ तथ्य उजागर गरेको नभई सबैले थाहा पाइरहेको विषयवस्तु माथि नै थप प्रकाश पारेको बताउनेहरू पनि छन् । तैपनि ६४ लाखको संख्यामा विभिन्न दस्तावेज, २९ लाखको संख्यामा तस्वीरहरू तथा १२ लाख इमेलहरू, करीब ९ लाखको संख्यामा अन्य सामग्रीसमेत गरी १ करोड १९ लाखको संख्यामा प्राप्त सामग्रीका आधारमा खोज पत्रकारहरूको अन्तरराष्ट्रिय सञ्जालले सार्वजनिक गरेको सूचनाले फेरि एकपटक विश्वको ध्यान आफूतिर आकर्षित गर्न सफल भएको छ ।
सम्पत्ति शुद्धीकरणको मामलामा स्रोत नखुलेका नगण्य राशीका रकमतिर ध्यान दिने तर अन्तरराष्ट्रिय रूपमा प्रभाव पर्ने विषयहरूप्रति उदासीनता देखाउने प्रवृत्तिले एकातिर अन्तरराष्ट्रिय जगत्मा देशकै छवि धमिलिन्छ भने अर्कोतर्फ नाम समावेश भएका निर्दोष व्यक्तिहरू माथि ‘अनावश्यक’ कलंक लाग्ने भएकाले राज्यस्तरबाट आवश्यक छानविन हुनु जरुरी छ ।
११७ देशका ६ सय खोज पत्रकारहरूको अध्ययनको निचोडका रूपमा रहेको यो ‘पेपर्स’ले १३० जना फोब्र्सको अर्बपतिहरूको सूचीमा परेका धनाढ्यहरूका साथै वर्तमानमा राज्य प्रमुख तथा सरकार प्रमुखको जिम्मेवारीमा रहेका १४ जना व्यक्तिलगायत अन्य विभिन्न मुलुकका प्रभावशाली व्यक्तिहरूले करमुक्त भनिने देशहरूमा कम्पनी खोलेर गरेका गोप्य कारोबार विवरण सार्वजनिक गरेको छ र यही खुलासाको कारण उनीहरूको पदसमेत जोखिममा परेको छ ।
‘पन्डोरा पेपर्स’ किन महत्त्वपूर्ण छ ?
करमुक्त देशहरूको (ट्याक्स ह्यावेन्स) आर्थिक गतिविधि विशेष गरी अन्य देशका व्यक्तिहरूका लागि गोप्य रूपले व्यापारिक कम्पनीहरू खोल्न दिने त्यसैमार्फत देशको अर्थतन्त्र चलायमान बनाउने कुरामा केन्द्रित हुन्छ । केमन आइल्यान्ड, ब्रिटिश भर्जिन आइल्यान्डजस्ता देशहरूको अर्थतन्त्र मुख्य गरी यस्तै प्रकारका कम्पनीहरूको कारोबारमा निर्भर हुन्छ भनिन्छ । यहाँ कम्पनी खोल्न सहज मात्र होइन कि विदेशमा रहेका विभिन्न व्यक्तिका लागि कम्पनी खोल्ने सेवा प्रदान गर्ने प्रयोजनका लागि पनि कम्पनीहरू खुलेका हुन्छन् । यी नै कम्पनी सेवा प्रदान गर्नेहरूले नै यस्ता नाम मात्रका कम्पनी खोल्न मद्दत गर्ने भएकाले यिनीहरूको कारोबारलाई विश्वभरि नै उच्च जोखिममा राख्ने गरिन्छ ।
यस्ता देशहरूमा कम्पनी खोल्न मात्र सजिलो हुने होइन, अपितु खोलिएका कम्पनीका हिताधिकारीहरू समेत गोप्य राख्ने सुविधा हुन्छ । यसो भएपछि अवैध रूपमा कमाएको रकमलाई आफ्नो पहिचान लुकाएर यस्ता कम्पनीमार्फत आफ्नो देशमा भित्र्याएर चोख्याउने आम प्रचलन रहेकाले यस्ता करमुक्त देशहरूमा भएका कम्पनीमार्फत आउने रकमप्रति राज्यका निकायहरूको विशेष चासो रहने गरेको छ ।
हिताधिकारीहरूको गोपनीयता हुने भएकाले यस्ता देशहरूमा सम्पत्ति शुद्धीकरणजस्ता वित्तीय अपराध गर्नेहरूले मात्र होइन कि आतंकवादी क्रियाकलाप सञ्चालन गर्ने अन्तरराष्ट्रिय संगठित आपराधिक समूहहरूले समेत कम्पनी खोलेर आतंकवादी क्रियाकलाप सञ्चालन गर्ने प्रबल सम्भावना रहन्छ ।
नामैले जनाएअनुसार यस्ता देशमा करको दर नगण्य र कतै कतै त शून्य नै हुने गर्छ । त्यसैले यहाँ दर्ता मात्र गरिने कम्पनीहरूको वास्तविक कारोबार उक्त देशमा नभएर त्यस्ता कम्पनीहरूलाई माध्यम बनाएर अन्यत्रै हुने गर्छ । वास्तवमा अवैध आर्जनमार्फत गोप्य कारोबार गर्ने प्रयोजनका लागि मात्र यस्ता कम्पनीहरू त्यहाँ खुल्ने गर्छन् ।
यसरी करछली तथा अवैध आर्जनलाई गोप्य राख्ने र चोख्याउने मात्र उद्देश्यले यसरी कम्पनी खोली कारोबार गर्ने पन्डोरा पेपर्सले जसरी गर्ने यस्तो खुलासाले विश्वभरि तरंग मात्र होइन, प्रभावकारी परिवर्तन पनि ल्याउने गर्छ ।
केही वर्षअगाडि सार्वजनिक भएको एक प्रतिवेदनअनुसार विश्वको कुल अर्थतन्त्रको १० प्रतिशत अंश यस्तै करमुक्त देशमा खोलिएका कम्पनीहरूको कारोबारले ओगटेको बताइएको थियो ।
खुलासाका उपलब्धि
अहिलेको ‘पन्डोरा पेपर्स’ जस्तै केही वर्षअगाडि सार्वजनिक भएको ‘पानामा पेपर्स’ले गरेको यस्तै प्रकारको खुलासा पछि स्पेनको सम्पत्ति शुद्धीकरण छानविन गर्ने निकायले पेपर्समा उल्लिखित २०९ कम्पनीहरूको बारेमा अनुसन्धान गरी १४ करोड यूरो बराबरको कर असुली गर्न सफल भएको थियो भने करमुक्त देश पानामाले यूरोपका अधिकांश देशहरूसँग सूचना आदानप्रदान गर्नेसम्बन्धी सम्झौता गर्न बाध्य भएको थियो । परिणामतः अहिले ती देशहरूका वीचमा स्वचालित एवं पारदर्शी रूपमा एकअर्काको देशमा भएका कम्पनीहरूको बैंकिङ कारोबार तथा करसम्बन्धी तथ्यांकहरू सजिलै आदानप्रदान हुने गरेको छ ।
अन्यत्रको सम्बोधन र नेपालको चासो
पन्डोरा पेपर्स सार्वजनिक हुनेबित्तिकै अमेरिकाले आफ्नो देशमा वित्तीय पारदर्शिताका लागि महŒवपूर्ण प्रयासहरू भइरहेको र भविष्यमा यसलाई अझ बढी पारदर्शी बनाइने प्रतिबद्धता व्यक्त गरेको छ । यस्तै चेकको प्रहरी संगठनले पन्डोरा पेपर्समा परेका प्रधानमन्त्रीलगायत सम्पूर्णलाई छानविनको दायरामा समेट्ने घोषणा गरेको छ । यद्यपि त्यहाँका प्रधानमन्त्रीले उनले सन् २००९ मा फ्रान्समा अढाई करोड डलरमा यस्तै नाम मात्रमा विदेशमा खोलिएको एक कम्पनीको नाममा विलासी महल किनेको भनी लागेको आरोपमा कुनै सत्यता नभएको भन्दै आफ्नो लगानी पूर्ण वैध भएको दावी गरेका छन् ।
पाकिस्तान, मेक्सिको, स्पेन, ब्राजिल, श्रीलंका, अस्ट्रेलिया, पानामालगायत कतिपय देशले पन्डोरा पेपर्समा समावेश भएका व्यक्ति तथा उनीहरूको कारोबारबारे छानविन गर्नेसमेत घोषणा गरिसकेका छन् ।
पाकिस्तानी प्रधानमन्त्रीले त पन्डोरा पेपर्सले उठाएका मुद्दाहरू जलवायु परिवर्तनको मुद्दा जत्तिकै महत्त्वपूर्ण रहेकाले यसलाई हलुका पाराले नलिइने बताएका छन् ।
युक्रेनका सर्वाधिक ३८ जना राजनीतिज्ञहरूको नाम यो पेपर्समा परेपछि उसले पनि आवश्यक छानविन गर्ने जानकारी दिएको छ ।
त्यस्तै, केन्या, रसिया, अस्ट्रेलिया आदि देशहरूले पनि पन्डोरा पेपर्सले गरेको खुलासालाई लिएर गम्भीर रूपमा लिएका र त्यसको उचित छानविन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अझ उनीहरूले कर छलेर विदेशी कम्पनीहरूमार्फत गोप्य तरीकाले अवैध कारोबार गर्नेहरूको गोपनीयता अब कायम रहन नसक्ने जनाउ दिएका छन् ।
यता नेपालमा पनि कतिपय व्यक्तिको नाम पन्डोरा पेपर्समा नआएको होइन । त्यसो त यसअघि प्रकाशित ‘पानामा पेपर्स’ तथा ‘प्याराडाइज पेपर्स’मा पनि नेपालीहरू अटाएका नै थिए । तर, अहिलेसम्म पनि राज्यस्तरबाट यस्ता खुलासालाई गम्भीरतापूर्वक लिइएको पाइएको छैन । सम्पत्ति शुद्धीकरणको मामलामा स्रोत नखुलेका नगण्य राशीका रकमतिर मात्र ध्यान दिने तर यस्ता अन्तरराष्ट्रिय रूपमा प्रभाव पर्ने विषयहरूलाई सामान्य रूपमा लिएर त्यसप्रति उदासीन भाव देखाउने राज्यका जिम्मेवार निकायहरूको प्रवृत्तिले एकातिर अन्तरराष्ट्रिय जगतमा देशकै छवि धमिलिने र अर्कोतर्फ अनावश्यक ढंगले नाम समावेश भएका भनिएका निर्दोष व्यक्तिहरू माथि ‘अनावश्यक’ कलंक नमेटिने हुनाले समेत यस्ता सूचनाहरूप्रति राज्यस्तरबाट आवश्यक छानविन गरी सत्यतथ्य सार्वजनिक हुनु नितान्त जरुरी छ ।
लेखक बैंकर हुन् ।
ठीक १ वर्ष पहिले विश्वप्रसिद्ध ट्राभल एजेन्सी ‘कक्स एन्ड किंग्स’ले भारतको ‘यस बैंक’ सँग लिएको ऋण चुक्ता गर्न नसकी टाट पल्टेपछि उसले कस्तोकस्तो कर्तुत गरेर वित्तीय अपराध गर्दो रहेछ भन्ने थप तथ्यहरू विस्तारै उद्घाटित हुँदै गए ।
सन् १७५८ मा स्थापना भएको कक्स एन्ड किंग्सलाई नै ट्राभल एजेन्सीको विश्व इतिहासमा पहिलो आधुनिक ट्राभल एजेन्सी मानिन्छ ।
आफै वा तेस्रो व्यक्तिमार्फत पदयात्रा, तथा अवकाश भ्रमणलाई आवरण बनाई हवाई तथा यात्राको टिकट खरीदका लागि पहिले अवैध रकमबाट भुक्तानी गर्ने र पछि त्यस्तो कार्यक्रम नै रद्द भएको बहाना गरी सम्पूर्ण रकम शोधभर्ना माग गरी पहिलेको अवैध रकमलाई सजिलै शुद्ध बनाउने गरिन्छ ।
यस्तो ऐतिहासिक विरासत बोकेको ट्राभल एजेन्सीले विगत ५ वर्षमा १६० काल्पनिक ग्राहकको नाममा खडा गरिएका लगतहरूमार्फत करीब ९० अर्ब भारतीय रुपैयाँ बराबरको रकम अपचलन गरी स्थानान्तरण गरेको कुरा सार्वजनिक भएपछि ट्राभल एजेन्सीहरू पनि सम्पत्ति शुद्धीकरणजस्ता वित्तीय अपराधका लागि कम्ती जोखिमपूर्ण रहेनछन् भन्ने तथ्यलाई थप उजिल्याएको छ ।
भारतमा मुख्य कार्यालय रहेको र अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, नेदरल्यान्ड, जापान, सिंगापुर, अस्ट्रेलिया तथा न्यूजील्यान्डजस्ता देशहरूमा समेत आफ्ना व्यावसायिक समूहहरूमार्फत आफ्नो बलियो उपस्थिति जनाएको यो ट्राभल एजेन्सीले तिनै स्वसञ्जालमार्फत नै उक्त परिमाण बराबरको अवैध रकम स्थानान्तरण गरी सम्पत्ति शुद्धीकरण गरेको रहेछ ।
विशेष गरी कुनै पनि प्रकारको व्यावसायिक सम्बन्ध नभएका तर उक्त ट्राभल एजेन्सीका उच्च पदाधिकारीहरू तथा लेखा परीक्षकसमेतको संलग्नतामा दर्ता भएका कतिपय कम्पनीहरूसँगको काल्पनिक कारोबारको आधारमा अवैध रकमलाई विश्वव्यापी रूपमा स्थानान्तरण गर्न उक्त कम्पनी ‘सफल’ भएको कुरा विश्वप्रसिद्ध लेखा परीक्षक संस्था ‘केपीएमजी’ले गरेको लेखापरीक्षण प्रतिवेदनले सार्वजनिक गरेको थियो ।
यस्तै बेलायतको बर्मिङ्घममा रहेको एउटा पाकिस्तानी ट्राभल एजेन्सीले पनि लागू पदार्थ तथा अन्य अपराधी समूहबाट संकलन गरेको रकमलाई काल्पनिक हवाई टिकटबापत शोधभर्नाको वहानामा वर्षौंदेखि करोडौं रकम औपचारिक रूपमा बैंकिङ प्रणालीमार्पmत नै स्थानान्तरण गरेर वित्तीय अपराध गरेको घटना पनि हालै सार्वजनिक भएको छ । त्यसबाहेक उक्त एजेन्सीले कतिपय अवस्थामा हुन्डीको माध्यमबाट पनि रकम स्थानान्तरण गरेको पाइएकाले त्यसका सञ्चालकलाई १२ वर्षको कारावास सजाय सुनाइएको थियो ।
त्यसो त क्षेत्रगत दृष्टिले हेर्दा सम्पत्ति शुद्धीकरणका लागि बैंक तथा वित्तीय क्षेत्रलाई उच्च जोखिमयुक्त क्षेत्र मानिन्छ । वित्तीय कारबाही कार्यदलले त्यसै भएर त्यसै भएर बैंक तथा वित्तीय संस्थाहरूका लागि वित्तीय अपराध नियन्त्रणसम्बन्धी कार्यक्रमहरूका बारेमा प्रभावकारी संयन्त्र तथा नीतिगत व्यवस्था हुनुपर्ने कुरामा जोड दिएको छ । सम्पत्ति शुद्धीकरणको विषय प्रत्यक्ष रूपमा वित्तसँग सम्बद्ध हुने तथा बैंकिङ च्यानलमार्फत हुने वित्तीय तथा मौद्रिक कारोबारलाई वैध मानिनेजस्ता कारणले गर्दा सबै बैंक तथा वित्तीय संस्थाहरूलाई यसरी उच्च जोखिमयुक्त क्षेत्रमा गणना गरिएको हो ।
तर, त्यसो भन्दैमा अर्थतन्त्रका अन्य क्षेत्रहरू पनि सम्पत्ति शुद्धीकरणको दृष्टिले कम जोखिमपूर्ण छैनन् । तिनै क्षेत्रहरूमध्ये पर्यटन क्षेत्रसँग सम्बद्ध ट्राभेल एजेन्सी पनि उच्च जोखिमयुक्त भएकाले कसरी यो क्षेत्र पनि जानेर अथवा नजानेर यस्ता वित्तीय अपराधमा संलग्न हुन सक्छन् वा तिनलाई अपराधीहरूले कसरी दुरुपयोग गर्न सक्छन् ।
ट्राभल एजेन्सीहरूलाई दुरुपयोग गरेर वित्तीय अपराधहरू गर्ने गरिएको सबैभन्दा प्रचलित तरीका भनेको आफै वा तेस्रो व्यक्तिमार्फत पदयात्रा, तथा अवकाश भ्रमणलाई आवरण बनाइ हवाई तथा यात्राको टिकट खरीदका लागि पहिले अवैध रकमबाट भुक्तानी गर्ने र पछि त्यस्तो कार्यक्रम नै रद्द भएको बहाना गरी सम्पूर्ण रकम शोधभर्ना माग गरी पहिलेको अवैध रकमलाई सजिलै शुद्ध बनाउने तरीका हो ।
त्यसबाहेक ट्राभेल एजेन्सीहरू स्वयंले पनि काल्पनिक हवाई टिकट यात्रा कार्यक्रमहरूको नाममा बिलबीजक जारी गरेर पनि अवैध रूपमा रकमको सीमापार ओसारपसार गर्न सक्छन् ।
जसरी अहिले ट्राभल एजेन्सीहरूको कार्यक्षेत्रमा विस्तार हुँदै गएको छ त्यसैगरी तीमार्पmत हुने वित्तीय अपराध कर्मको दायरा पनि फराकिलो हुँदै गरेको छ । अझ कतिपय देशमा त ट्राभल एजेन्सीहरूलाई सीमित वित्तीय सेवाहरू सञ्चालन गर्ने अनुमतिसमेत प्रदान गरिएका हुन्छन् । त्यस्ता ट्राभल एजेन्सीहरूले विशेष गरी मुद्रा विनिमय गर्ने, सानासाना चेकको भुक्तानी गर्ने, ट्राभलर्स चेक जारी गर्ने, रकम स्थानान्तरण गर्नेजस्ता वित्तीय सेवाहरू प्रवाह गर्छन् । र, ट्राभल एजेन्सीका यिनै वित्तीय सेवाहरूलाई नै विभिन्न तरीकाले दुरुपयोग गरी वित्तीय अपराध हुने गरेको छ ।
एशियाका कतिपय देशहरूमा ट्राभल एजेन्सीहरूले हुन्डीजस्ता अवैध कार्यलाई समेत आफ्नो मुख्य व्यवसाय बनाएको अवस्थाले समेत यो क्षेत्रको जोखिम–संवेदनशीलताका बारेमा अनुमान गर्न सकिन्छ । फेरि ट्राभल एजेन्सी व्यवसायमा लाग्नेहरू स्वयंबाट पनि अन्य प्रकारका व्यवसाय तथा गतिविधिबाट वैध अवैध तरीकाले गरिएका आर्जनलाई चोख्याउनसमेत यिनै ट्राभल एजेन्सी व्यवसायलाई दुरुपयोग हुने गरेको पनि पाइएको छ ।
पाकिस्तान तथा अफगानिस्तानजस्ता देशमा रहेका कतिपय ट्राभल एजेन्सीहरू त ग्रीस तथा साउदी अरेबियाजस्ता देशहरूमा मानव तस्करी तथा बेचबिखनजस्ता कार्यमा समेत प्रत्यक्ष परोक्ष रूपमा संलग्न भएका समाचारहरू सार्वजनिक भएका छन् ।
अमेरिकाजस्ता देशमा त झन् व्यापक मात्रामा अवैध रकमलाई धुल्याउने प्रयोजनका लागि रकमलाई सानासाना टुक्रामा विभक्त गरी शंकाको घेराबाट बाहिर पुर्याएर व्यापक मात्रामा अवैध रकमको सीमापार स्थानान्तरण हुने गरेको पाइएको छ । विशेष गरी कोलम्बिया, मेक्सिकोजस्ता दक्षिण अमेरिकी देशमा भएका आतंकवादी संगठनहरूले रकम स्थानान्तरण गर्न यस्ता ट्राभल एजेन्सीहरूलाई दुरुपयोग गर्ने गरेको देखिएको छ ।
कुनै कुनै अवस्थामा यस्ता संगठन आफैले पनि एउटा मात्र होइन धेरैओटा ट्राभल एजेन्सीहरू खोलेर यस्ता आपराधिक कार्यहरूलाई वैध जस्तो प्रतीत गराई निर्बाध रूपमा सञ्चालन गरिरेहेका पाइएका छन् । यसरी धेरैओटा कम्पनीहरू भएपछि त्यति नै बैंक खाता सञ्चालन गर्न पाइने र उक्त बैंक खाताहरूमार्फत धेरै मात्रामा रकम शुद्धीकरण गर्ने अवसर प्राप्त हुने कारणले पनि आतंककारी तथा वित्तीय अपराध गर्ने संगठनहरूले ट्राभल एजेन्सीको छद्मवेश अपनाउने गरेका छन् ।
यी सबै कारणले अहिले विश्वव्यापी रूपमा नियमनकारी निकायहरूले ट्राभल एजेन्सीहरूलाई समेत सम्पत्ति शुद्धीकरणको दृष्टिले उच्च जोखिमयुक्त क्षेत्र मानेर त्यहाँ बैंक तथा वित्तीय संस्थाहरूमा जस्तै प्रभावकारी रूपमा सम्पत्ति शुद्धीकरण तथा वित्तीय अपराध नियन्त्रणसम्बन्धी नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेका छन् । यिनै परिप्रेक्ष्यमा भारतको वित्तीय जानकारी एकाइले ट्राभल एजेन्सीहरूले समेत बैंक तथा वित्तीय संस्थाहरूले जसरी नै कुनै निश्चित सीमाभन्दा बढीको नगद कारोबारसम्बन्धी प्रतिवेदन उसलाई बुझाउनुपर्ने नियम लगाएको कुरा यहाँ स्मरणीय छ । सम्पत्ति शुद्धीकरणको अन्तरराष्ट्रिय मानदण्डअनुरूप ढिलो चाँडो नेपाल पनि सोही मार्गमा प्रवृत्त नभई धरै छैन ।
लेखक बैंकर हुन् ।