काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटनाको निष्पक्ष छानबिन गर्न निर्देशन दिएका छन्।शनिबार बिहान गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीहरूसँग ‘ब्रिफिङ’ लिएपछि प्रधानमन्त्रीले यो घटनालाई आफूले पनि सूक्ष्म तरिकाले नियालिरहेको भन्दै छिटो छानबिन सक्न निर्देशन दिए। उनले घटना अप्रत्याशित र दुःखद् भएको प्रतिक्रिया दिए। बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, प्रहरीका महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक