नेपाल र भारतमा लाग्ने पूर्णागिरी मेलाको चहलपहल सुरु भएको छ । हरेक वर्ष फागु पुर्णिमादेखि लाग्ने मेलामा सिद्धबाबा मन्दिरमा दर्शन गर्न ठूलो संख्यामा श्रद्धालु आउने गर्छन् । मेला अवधिमा चहलपहल सँगै यस क्षेत्रको व्यापार व्यवसाय पनि बढ्छ । यतिबेला मेलाका कारण भीमदत्त नगरपालिका–९ ब्रम्हृदेव र महेन्द्रनगर बजारमा दर्शनार्थीको भीडभाड बढेको छ ।