राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन अन्तर्गत आज बन्दसत्रको दोस्रो दिन । राजधानीको भृकुटीमण्डपमा जारी बन्दसत्रसँगै महाधिवेशन प्रतिनिधि र कार्यकर्ताहरु उम्मेदवारको पक्षमा माहोल तयार गर्न पनि कम्मर कसेर लागिपरेका छन् ।भित्र बन्दसत्र चल्दै गर्दा नेता कार्यकर्ताहरु बाजागाजासहित चुनावी प्रचार गरिरहेका छन् । अध्यक्षका प्रत्यासी कमल थापा र राजेन्द्र लिङ्देन समर्थकले ब्यानरसहित चुनावी प्रचारप्रसार गरिरहेका हुन् । राप्रपाको नयाँ नेतृत्व चयनका लागि शुक्रबार मतदान हुँदैछ । चुनावमा थापा