काठमाडौं : ‘नेपाली सेना लघु चलचित्र प्रतियोगिता २०७८’मा ‘सेनाको चेली’ उत्कृष्ट भएको छ। नेपाली सेनाले आयोजना गरेको उक्त प्रतियोगितामा इँगीहोपो कोँइच सुनुवारको निर्देशनमा बनेको सेनाको चेली उत्कृष्ट भएको हो। युद्धका दुई पक्षको द्वन्द्व तथा मिलनको विषयवस्तु समेटिएको फिल्मले प्रमाणपत्र तथा दुई लाख नगद पुरस्कार पनि पाएको छ। प्रतिस्पर्धामा दुर्गाबहादुर कार्कीको सेता मलामी दोस्रो तथा रविन तामाङको डोल्मा तेस्रो भएका छन्। दोस्रो र तेस्रो हुने फिल्मले क्रमशः १ लाख ५० हजार