काठमाडौं, १ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोगको प्रस्ताव संसदको गतिरोध हटाउनका लागि ल्याइएको बताएका छन् । उनले जनकपुरमा जनयुद्ध दिवसको कार्यक्रमपछि सञ्चारकर्मीको प्रश्नमा महाभियोगले गठबन्धन झन् बलियो हुने तर्क गरे । ‘महाभियोग लगाएर गठबन्धन भत्कने होइन बरु झन् बलियो हुन्छ,’ महाभियोगबारे सञ्चारकर्मीको प्रश्नमा उनले भने । […]