काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट प्रहरीले ३२ किलो ७३० ग्राम लागुऔषध खैरो हेरोइनसहित पाँच भारतीय नागरिकलाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको संयुक्त प्रहरी टोलीले सार्वजनिक यात्रुवाहक बसमा जाँच गर्ने क्रममा तीन जना र थप अनुसन्धानका क्रममा दुई जनालाई पक्राउ गरेको हो। ब्युरोले शुक्रबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार असोज […]
पोखरा । बस दुर्घटनामा मृत्यु भएका ५ जनाको परिचय खुलेको छ। पोखराको कालिका, शरामा आज बिहान भएको बस दुर्घटनामा परी ४ जना विद्यार्थी र १ सर्वसाधारणको मृत्यु भएको प्रहरीले बताएको छ। कास्कीको माझठानादेखि कालिका बोर्डिङ, पोखरा २८ का विद्यार्थी बोकेर आउँदै गरेको बस बिहान साढे ६ बजे दुर्घटना भएको थियो। बसमा १९ जना यात्रु रहेका […]
रसुवा, २३ असोज । रसुवाको भोटेकोशीमा विनाशकारी बाढी गएको ४५ दिन बितिसक्दा पनि स्याफ्रुबेंसीका कान्छा तामाङको मनबाट त्यो कहालीलाग्दो क्षण हटेको छैन। आँखैअगाडि बस्तीलाई बाढीले बढारेको दृश्य उनको स्मृतिमा कहिलेसम्म रहनेछ, थाहा छैन। अझै पनि कहिलेकाहीँ यी सबै सपना हुन् कि जस्तो लाग्छ कान्छालाई। यतिका दिन बितिसक्दा पनि उनको आँखामा भदौ १० गतेको बाढीको भेल […]
नोबेल शान्ति पुरस्कारप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चासो र उनले पुरस्कार नपाए दिन सक्ने प्रतिक्रियाका कारण यस वर्षको विजेता घोषणालाई विशेष महत्त्वका साथ हेरिएको छ।