१५ वर्षीया नाबालिग किशोरी करणी आरोपमा एक जना पक्राउ

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका-४ फरहदवाका २२ वर्षीय आदेश पटेल रहेका छन् । उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।आइतबार साढे १० बजे राति बालिकालाई उनकै घरनजिकको गोठमा दाउरा लिन गएको बेला जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।