काठमाडौं । सरकारले ३८ क्विन्टल सुन तस्करीमा संलग्न भनी किटान गरिएका २ सय ९२ जनाको सूची अझै लुकाएको छ । गृह मन्त्रालयका तत्कालीन सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले सुन तस्करीमा संलग्नलाई थप अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउनुपर्ने भनेर २०७५ साउन १६ मा ७ सय ७२ पृष्ठ लामो सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो । […]