नेशनल हाइड्रोपावरको ५० प्रतिशत हकप्रद शेयर सूचीकृत

काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीको ८२ लाख २१ हजार ४५९ दशमलव ७१७८ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।  अव यो हकप्रद शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न मिल्नेछ ।  कम्पनीले गत असार २९ गते देखि साउन १८ गते सम्म निष्कासन गरेको ५० प्रतिशत हकप्रद शेयर सूचीकृत गराएको हो ।   

सम्बन्धित सामग्री

रिडी पावरले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न सेबोनमा दियो निवेदन

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ ।  कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि साउन ४ गते निवेदन दिएको हो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड छ ।  कम्पनीले ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो ।  कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि विद्युत नियमन आयोगबाट स्वीकृति पाइसकेको छ ।  कम्पनीको लगानी तथा व्यवस्थापनबाट सहायक कम्पनी साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहने तल्लो बलेफि जलविद्युत आयोजना निर्माण गर्न र उक्त आयोजनामा स्वपूँजी व्यवस्थापन गर्न हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

सिनर्जी पावरले ५० प्रतिशत हकप्रद शेयर आइतवारदेखि निष्कासन गर्ने

काठमाडौं ।  सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले आउँदो आइतवारदेखि आफ्ना शेयरधनीहरूका लागि हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।  कम्पनीले हाल कायम चुक्ता पूँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँको २ः१ अनुपातमा अर्थात् ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।   हकप्रद शेयर निष्कासनपश्चात् कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब २० करोड ९८ लाख रुपैयाँ पुग्नेछ । शेयरधनीहरूले यो हकप्रद शेयर खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरूबाट आवेदन दिन सक्नेछन् । त्यस्तै सीडीएससीको मेरो शेयर एपबाट पनि हकप्रद शेयरमा आवेदन दिन सकिनेछ ।कम्पनीको हकप्रद शेयरमा भदौ २४ गते बैंकिङ समयसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ ।  हकप्रद शेयर निष्कासन प्रयोजनको लागि कम्पनीले साउन १२ गते बुक क्लोज गरिसकेको छ । यस बुक क्लोजको आधारमा साउन ११ गतेसम्म कायम शेयरधनीहरूले मात्रै यो हकप्रदमा आवेदन दिन पाउनेछन् । हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा ईक्रा नेपालले कम्पनीलाई समयमै वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने ईक्रा एनपी इस्यूअर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । हकप्रद विक्री प्रबन्धकमा सानिमा क्यापिटल छ । कम्पनीले हकप्रद शेयर निष्कासनबाट प्राप्त हुने रकम रू. ४० करोड ३२ लाख ८७ हजार ५ सय एपेक्स मकालु हाइड्रो पावर लिमिटेडद्वारा प्रवर्द्धित मध्य होङ्गु खोला ए जलविद्युत आयोजनामा उपयोग गर्ने जानकारी गराएको छ ।

सागर डिष्टिलरीको ५० प्रतिशत हकप्रद शेयर भदौ १ गतेसम्म खरीद गर्न सकिने

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले असार २० गतेदेखि विक्रीमा ल्याएको ५० प्रतिशत हकप्रद शेयर खरीदका लागि अवधि थप भएको छ । कम्पनीले साउन ५ गतेसम्मका लागि हकप्रद शेयर निष्कासन गरेको थियो । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेपछि कम्पनीको साउन २४ गतेसम्म अवधि थप गर्दा समेत मागबमोजिम आवेदन नपरेपछि भदौ १ गतेसम्मका लागि पुनः अवधि थप गर्ने निर्णय गरेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ११ लाख २५ हजार कित्ता हकप्रद शेयर विक्रीमा ल्याएको हो । तोकिएको अवधिभित्र आफ्नो हक बमोजिमको हकप्रद शेयर खरीदका लागि आवेदन दिन कम्पनीले अनुरोध गरेको छ ।

लिबर्टी इनर्जीले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने, आयोगले दियो स्वीकृति

काठमाडौं । विद्युत् नियमन आयोगले लिबर्टी इनर्जी कम्पनीलाई हकप्रद शेयर निष्कासन गर्न स्वीकृति दिएको छ ।  आयोगको साउन १५ गते बसेको बैठकले कम्पनीलाई हकप्रद शेयर निष्कासन गर्न अनुमति दिने निर्णय गरेको हो । कम्पनीले हकप्रद शेयर निष्कासनको स्वीकृतिका लागि गत साउन ८ गते आयोगमा निवेदन दिएको थियो ।  कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद ल्याउन अनुमति पाएको छ । जसअनुसार कम्पनीले अब ७५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।  कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएर स्वीकृति पाएपछि मात्रै हकप्रद शेयर निष्कासन गर्नेछ ।

सिनर्जी पावरले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न सेबोनबाट पायो अनुमति

काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सिनर्जी पावर डेभलपमेन्ट कम्पनीलाई ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको छ । सेबोनले कम्पनीलाई २ः१ अनुपातमा ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्कासन गर्न असार २० गते अनुमति दिएको हो । विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।  हाल कम्पनीको चुक्ता पूँजी रू. ८० करोड ६५ लाख छ । ५० प्रतिशत हकप्रद शेयर निष्कासनपश्चात पूँजी रू. १ अर्ब २० करोडभन्दा बढी पुग्नेछ ।

रिडी पावरले ५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव असार ८ गते पारित गर्ने

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव असार ८ गते पारित गर्ने भएको छ । जेठ २२ गतेको सञ्चालक समिति बैठकले इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजे विशेष साधारण सभा गर्ने निणर्य गरेको हो । कम्पनीको सहायक कम्पनीमार्फत निर्माण गर्न लागिएको १० मेगावाट क्षमताको तल्लो बलेफी जलविद्युत आयोजनाका लागि आवश्यक स्वपूँजी लगानीका लागि हकप्रद शेयर निष्कासन गर्न लागिएको हो ।  कम्पनीले १ कित्ता बराबर शून्य दशमलव ५० कित्ताको अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर निष्कासनको लागि सभामार्फत स्वीकृति प्रदान गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. ५८ करोड ५५ लाख ५८ हजार रहेको छ । हकप्रद शेयर निष्कासनपछि कम्पनीको अधिकृत पूँजी, जारी पूँजी र चुक्तापूँजी वृद्धि हुने भएकाले सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।  कम्पनीलाई हकप्रद शेयर निष्कासनका लागि विद्युत् नियमन आयोगले वैशाख ३ गते अनुमति प्रदान गरिसकेको छ । वार्षिक साधारण सभाबाट पारित गराएपछि कम्पनीले हकप्रद शेयर निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिनुपर्नेछ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

रिडी पावर कम्पनीले पायो ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रारम्भिक सहमति

काठमाडौं ।  रिडी पावर कम्पनी लिमिटेडले चुक्तापुँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासनको सहमति पाएको छ । विद्युत् नियमन आयोगको वैशाख ३ गतेको पत्रअनुसार कम्पनीलाई चुक्तापुँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि प्रारम्भिक सहमति प्राप्त भएको हो । अब कम्पनीले साधारण सभामा हकप्रद निष्कासनको प्रस्ताव पेस गरेर थप प्रक्रिया अगाडि बढाउनेछ ।  कम्पनीको गत माघ ४ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८/७९ को ४० प्रतिशत बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजीको ५० प्रतिशत अर्थात् १ः०.५ अनुपातमा हकप्रद शेयर जारी गर्ने निणर्य गरेको थियो । कम्पनीले बोनस शेयर वितरणपश्चात् कायम हुने चुक्ता पूँजीको ५० प्रतित हकप्रद शेयर निष्कासन गर्न लागेको हो । यसअनुसार कम्पनीले प्रतिशेयर १०० अंकित दरका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर जारी गर्नेछ ।  यो हकप्रद बिक्रीबाट आउने रकम कम्पनीको लगानी तथा व्यवस्थापनबाट साझा पावर कम्पनीको स्वामित्वमा रहने गरी १० मेगावाट क्षमताको तल्लो बलेफीखोला जलविद्युत आयोजना निर्माण गर्ने र उक्त आयोजनामा स्वपूँजी व्यवस्थापन गर्ने कम्पनीले जनाएको छ । अब कम्पनीले हकप्रद शेयर निष्कासन प्रस्ताव साधारण सभाबाट पारित गरेपछि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिनेछ । बोर्डको स्वीकृतिपछि मात्रै शेयर निष्कासन गर्नेछ ।

हकप्रद शेयर बिक्रि गर्दै समृद्धि फाइनान्स

काठमाडौं, १८ साउन । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर बिक्रि गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले २ः१ को अनुपातमा २७ करोड २९ लाख ७० हजार ५ सय बराबरको २७ लाख २९ हजार ७०५ कित्ता बिक्रि गर्ने भएको हो । कम्पनीले साउन १५ गते नै शेयर निष्कासनको लागि बोर्डमा निवेदन […]

अजोड इन्स्योरेन्सको साधारणसभा वैशाखमा, ५० प्रतिशत हकप्रद शेयर दिने प्रस्ताव

अजोड इन्स्योरेन्सले बार्षिक साधारण सभा ७ वैशाख मा गर्ने भएको छ । साधारणसभाबाट इन्योरेन्सले ५० प्रतिशत हकप्रद शेयर प्रस्ताव सभाबाट पारित गर्ने समेत जनाएको  हो