प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले शनिवार जारी गरेको शुभकामना सन्देशमा १३२ वर्ष अगाडि श्रम शोषण गरी अनुचित लाभ लिनेविरुद्ध आवाज उठाएर शुरू भएको दिवसका रूपमा मनाउँदै आएको स्मरण गर्दै शुभकामना व्यक्त गरेका हुन् ।
‘कोभिडको दोस्रो लहर शुरू भएको छ, यो निकै पीडादायी र विनाशकारी छ, त्यही भएर शर्तसहित निषेधाज्ञा लागू भएको छ,’ सन्देशमा भनिएको छ, ‘जीवनको पहिल...