दैनिक सङ्क्रमण घटे पनि अझै छ सय ४१ सक्रिय सङ्क्रमित

पछिल्लो २४ घन्टामा १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार एक सय १७ नमूनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रिमत फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म १० लाख पाँच सय २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये नौ लाख ८७ हजार आठ सय ६३ जना सङ्क्रमण …

सम्बन्धित सामग्री

बिदेसिने कामदार घटे पनि रेमिट्यान्स वृद्धि

काठमाडौं । वैदेशिक रोजगारीका लागि जाने श्रमिकहरूको संख्या घट्दै गए पनि रेमिट्यान्स आप्रवाहमा भने वृद्धि हुन थालेको छ । चालू आर्थिक वर्षको साउनदेखि माघसम्ममा ४ लाख ५ हजार ५ सय ५२ जना वैदेशिक रोजगारीमा पुगेका छन् । गत वर्षको सोही अवधिमा ४ लाख ८२ हजार ४ सय ७५ जना वैदेशिक रोजगारीमा गएका थिए । वैदैशिक […] The post बिदेसिने कामदार घटे पनि रेमिट्यान्स वृद्धि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सेयर बजारका सबै सूचक घटे, एक अर्बको कारोबार

काठमाडौं । सेयर बजार परिसूचक नेप्से बुधबार झन्डै २२ अंकले घटेको छ । नेप्से आज २१ दशमलव ९७ अंकले घटेर एक हजार नौ सय ७३ दशमलव ३८ विन्दुमा झरेको छ । आज सबै समूहको सेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, विकास बैंक, उत्पादन, जलविद्युत् र फाइनान्स समूहको सेयर भने उच्च अंकले ओेरालो लागेको छ । नेप्से दोहोरो […] The post सेयर बजारका सबै सूचक घटे, एक अर्बको कारोबार appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

आर्थिक सङ्कटसँगै महँगी : सौराहामा पर्यटक घटे

चितवन – चितवनको पर्यटकीय नगरी सौराहामा स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या घटेको छ । देशमा देखा परेको आर्थिक सङ्कट र कोरोना महामारीको दीर्घकालीन असरका कारण सौराहामा पर्यटकको सङ्ख्या घटेको हो । पर्यटक आगमन घट्दै गएपछि सौराहा सुनसान भएको छ भने व्यवसायी निराश बनेका छन् । कोरोना महामारीको अन्त्यसँगै स्वदेशी पर्यटकका कारण सौराहा चलायमान हुन्छ भन्ने अनुमान व्यवसायीले गरेका थिए । तर त्यसो भएन । अहिले सौराहामा विदेशी पर्यटक फाट्टफुट्टमात्रै देखिन्छन्, स्वदेशी पर्यटक दैनिक डेढ सय जनाको हाराहारीमा आएका छन् । साना तथा मझौल...

दक्षिण कोरियामा कोरोना सङ्क्रमितको सङ्ख्या केही घटे पनि जोखिम उस्तै

दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमण केही घट्दो क्रममा रहे पनि अझै हजारौँको सङ्ख्यामा दैनिक सङ्क्रमित भइरहेका छन् । दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ६ हजार १ सय ७२ जना सङ्क्रमित थपिएका समाचार संस्था सिन्ह्वाले जनाएको छ । यो सँगै अहिलेसम्म दक्षिण कोरियामा १ करोड ८१ लाख ७४ हजार ८ सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ । दक्षिण कोरिया उच्च सङ्क्रमणको बिन्दु भन्दा केही तल झरेको छ ।  एक हप्ता अगाडिसम्म  दैनिक  १० हजारभन्दा धेरै सङ्क्रमित थपिने गरेका थिए । अहिले केही कम भएको भए पनि...

पर्यटक घटे पनि आम्दानी बढ्यो

नेपालको मात्रै नभएर विश्व पर्यटनको कुरो गर्दा सन् २०२० र २०२१ (२ वर्ष) नेपाल सरकार र नेपाली पर्यटन व्यवसायीहरूका लागि मात्रै नभएर विश्वभरिका देशका पर्यटन व्यवसायी र सरकारका लागि पनि साह्रै नमीठो अनुभव रह्यो, अनुभव गर्नुपर्‍यो पर्यटन क्षेत्रमा । त्यसो हुनुमा सन् २०१९ को डिसेम्बर अन्तिम ताका नेपालको छिमकी देश चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहानबाट फैलन शुरू भएको नोभेल कोरोना भाइरस फैलनु नै मुख्य कारण रह्यो । सन् २०२० मा नेपालमा २ लाख ३० हजार ८५ जना र सन् २०२१ म एक लाख ४९ हजार ८३३ जना विदेशी पर्यटकले मात्रै भ्रमण गरेको भए तापनि चालू आर्थिक वर्षमा कम्तीमा ३ लाख पुर्‍याउने लक्ष्य लिनुपर्ने देखिन्छ । नेपाली पर्यटनको संख्याको कुरो गर्दा सन् २०२० मा २ लाख ३० हजार ८५ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए । सन् २०२१ मा १ लाख ४९ हजार ८३३ विदेशी पर्यटक मात्रै नेपाल भ्रमण गर्न आएका थिए । यो भनेको सन् २०२० को तुलनामा ३४ दशमलव ९ कम हो । सन् २०१९ सन् मा ११ लाख ९७ हजार १९१ (लगभग १२ लाख) विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । नेपालमा पर्यटन आगमनको तथ्यांक हेर्दा सन् २००२ मा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, योजना, नीति, पूर्वाधार र भौतिक विकास शाखाले प्रकाशित गरेको ‘नेपाल टुरिज्म स्टाटिस्टिक–२००२’ नामक किताबमा उल्लेख भएअनुसार सन् १९६५/६६ सम्ममा नेपालमा जम्मा ९ हजार २११ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यसपछि सन् १९६९/७० को ४ वर्षको अवधिमा ४ डबलभन्दा बढी अर्थात् ३९ हजार ६६० जना विदेशीहरूले पर्यटक भएर नेपालको भ्रमण गरेको देखिन्छ । सोही किताबलाई आधार मानेर हेर्दा सन् १९७७/०७८ देखि भने नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्याले वार्षिक १ लाख नाघ्न थालेको देखिन्छ । सन् १९७० देखि १९७४ सम्मको ४ वर्षे अवधिमा ८९ हजार ८ सय ३८ जना, १९७४ देखि १९७८ को ४ वर्षे अवधिमा १ लाख ५६ हजार १ सय २३ जना, १९७८ देखि १९८२ सम्मको ४ वर्षे अवधिमा १ लाख ७५ हजार ४ सय ४८ जना, १९८२ देखि १९८६ सम्मको ४ वर्षे अवधिमा २ लाख २३ हजार ३ सय ३१ जना, १९८६ देखि १९९० सम्मको ४ वर्षे अवधिमा २ लाख ५४ हजार ८ सय ८५ जना विदेशीहरूले नेपालमा पर्यटकको रूपमा भ्रमण गरेको तथ्यांक देखिन्छ । यसरी हामीले नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको संख्यात्मक तथ्यांक हेर्दा सामान्य ढंगले वर्षैपिच्छे बढेको देखिन्छ । तर, नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकले गर्ने गरेको दैनिक खर्चको तथ्यांक हेर्दा भने जुन ढंगले बढ्नुपर्ने हो, त्यसअनुसार बढेको देखिँदैन । सन् २०२० र २०२१ मा कोरोना महामारीका कारण धेरै कम संख्यामा विदेशी पर्यटक नेपाल घुम्न आएको भए तापनि यी दुवै वर्ष नेपाल भ्रमण गर्न आएका पर्यटकले गरेको प्रतिव्यक्ति प्रतिदिन दैनिक खर्च भने बढेको देखिएको छ जुन हाम्रा लागि सुखद समाचार हो । सन् २०२० मा नेपाल घुम्न आएका विदेशी पर्यटकबाट सन् २०२० मा समग्रमा २ अर्ब ८७ करोड नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा आम्दानी गर्न सफल भएको थियो भने सन् २०२१ मा २ अर्ब २७ करोड बराबरको विदेशी मुद्रा नेपाल सरकारले पर्यटन क्षेत्रबाट आमदानी गरेको छ । यसरी हेर्दा पर्यटन क्षेत्रबाट भएको यो आम्दानी तुलनात्मक रूपमा हेर्दा सन् २०१९ मा नेपाल भ्रमण गर्न आएका पर्यटककले गरेको खर्चको तुलना गर्दा ७५ देखि ७७/८८/८० प्रतिशतले बढी आम्दानी भएको हो भन्ने भनाइ पर्यटन विज्ञहरूको रहेको छ । सन् २०१९ मा पनि सन् २०१८ को तुलनामा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकबाट सरकारले ७३ प्रतिशत बढी आमदानी गरेको थियो पर्यटन क्षेत्रबाट । नेपालको मात्रै नभएर विश्वकै पर्यटन उद्योग र पर्यटनसँग सम्बद्ध व्यवसाय धरमरमा रहेको अवस्था हो । यसको मुख्य कारण भनेको सन् २०१९ को डिसेम्बर अन्तिम ताका वुहानबाट पैmलन शुरू भएको ‘नोभेल कोरोनाभाइरस’ को महामारी नै हो । यही कारण सन् २०२० मा विश्वभरि पर्यटकको संख्या ८१ प्रतिशतले घटेको थियो । त्यस्तै नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या त अझ बढी (लगभग ८३/८४ प्रतिशत) ले घटेको थियो । नेपालले सन् २०२० मा २० लाख विदेशी पर्यटक भिœयाउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष–२०२०’ को रूपमा मनाउने घोषणा गरेको थियो । सन् २०२० मा नेपालमा २ लाख ३० हजार ८५ जना र सन् २०२१ म एक लाख ४९ हजार ८३३ जना विदेशी पर्यटकले मात्रै भ्रमण गरेको भए तापनि चालू आर्थिक वर्षमा कम्तीमा ३ लाख पुर्‍याउने लक्ष्य लिनुपर्ने देखिन्छ । त्यस्तै पर्यटन विभागले प्रकाशित गरेको ‘नेपाल टुरिज्म स्टाटिस्टिक–२०२० नामक किताब’मा उल्लेख भएअनुसार सन् २०२० मा नेपाल घुम्न आएका विदेशी पर्यटकको प्रतिदिन बसाइ अवधि १५ दशमलव १ दिन जो छ, त्यसलाई पनि बढाएर कम्तीमा १६ दिन कटाउने प्रयास हामीले गर्नुपर्ने देखिन्छ । त्यस्तै, प्रतिव्यक्ति, प्रतिदिन खर्च गराइ पनि ६५ अमेरिकी डलरबाट ७५ डलर जति पुर्‍याउने प्रयास गर्नुपर्ने देखिन्छ । हाल सबै देशका आम सर्वसाधारणबीच त्राहि माम् त्राहि माम्को अवस्थामा रहेको कोरोनाको महामारी डेल्टा, ओमिक्रोन र नियोकोभले बिदा लिएर वा आफसे आफ अवस्था ठीक भएपछि निश्चय नै नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या र गुणस्तर बढ्ने आशा गरौं । कसरी हुन्छ हामीले नेपाल भ्रमण गर्न आउने पर्यटकको संख्या र गुणस्तर बढाउँदै सँगसँगै जान सकिन्छ ? त्यसतर्फ पहल गर्नुपर्ने देखिन्छ । लेखक पर्यटनकर्मी हुन् ।

कारोना संक्रमित घटे, २४ घन्टामा १० हजार सात सयलाई संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा १० हजार सात सय तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । २३ हजार ९२ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार यस अवधिमा सात सय ६६ जना संक्रमणमुक्त भएका छन् । तीनजनाको मृत्यु भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ६५ हजार तीन सय ७४ […] The post कारोना संक्रमित घटे, २४ घन्टामा १० हजार सात सयलाई संक्रमण पुष्टि appeared first on राजधानी राष्ट्रिय दैनिक.

कोरोना महामारीमा अस्पताल जाँच गर्न जाने गर्भवती महिला घटे

काठमाडौँ– कोरोना महामारीका कारण अस्पतालमा गर्भवती जाँच गर्न जाने महिलाको दर घटेको छ । कोरोना सङ्क्रमणको पहिलो लहरमा जस्तै दोस्रो लहरमा गर्भवतीहरूको जाँच गर्ने दर कम रहेको अस्पतालहरूले जनाएका छन् । गर्भवती जाँच लागि अस्पताल पुग्दा सङ्क्रमण सर्न सक्ने त्रास छ । थापाथलीस्थित प्रसूति अस्पतालमा दैनिक सामान्य समयमा जाँच गराउने गर्भवतीको सङ्ख्या सात सय पुग्थ्यो भने महामारीको समयमा दैनिक साढे दुई सयसम्म आउने गर्छन् । महामारीमा अस्पताल पुगेर प्रसूति गराउनेको सङ्ख्या पनि घटेको छ । यस्तो महामारीका बे

भारतमा पछिल्लो २४ घण्टाभित्र २ लाख ११ हजार नयाँ संक्रमित

नयाँ संक्रमितको संख्या केही घटे पनि पछिल्लो केही दिनयता दैनिक मृतकको संख्या भने उच्च छ। भारतमा पछिल्लो २४ घण्टामा ३८ सय ४२ को मृत्यु भएको छ।

मृत्यु हुनेको संख्यामा दिनहुँ नयाँ रेकर्ड ! भारतमा संक्रमित घटे, मृत्यु हुने बढे

नयाँ दिल्ली : भारतमा कोभिड १९ संक्रमितको संख्या घट्दै गएको देखिए पनि दैनिक मृत्यु हुनेको संख्या भने लगातार माथि गइरहेको छ। हिजो सबैभन्दा धेरै संक्रमितको मृत्यु भएको भारतमा पछिल्लो २४ घन्टामा त्यो रेकर्ड ब्रेक भएको हो। हिजो ४ हजार ३ सय २९ जनाको मृत्यु भएको थियो जुन भारतको सबैभन्दा धेरै…

दैनिक साढे ६ सय अन्तराष्ट्रिय हवाई यात्रु घटे

२१ पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्ने अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार सन् २०१९ मा अघिल्लो वर्षको तुलनामा दैनिक साढे ६ सय अन्तराष्ट्रिय हवाई यात्रु कम …