देउखुरी : लुम्बिनी प्रदेश सचिवालयको सबै कामकाज राप्ती उपत्यका देउखुरीबाट हुने भएको छ।अस्थायी मुकाम बुटवलबाट कार्यसम्पादन हुँदै आएको प्रदेशसभा सचिवालयको सबै कामकाज यही पुस ११ गतेदेखि दाङबाटै कामकाज हुने लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए।प्रदेशसभा सचिवालयले शुक्रबार सूचना जारी गरी कामकाज स्थायी राजधानीबाट गर्न थालिएको जनाएको छ। ‘अब प्रदेशसभा बैठक र नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथ यहीँ राख्ने योजना छ’, सूचनामा उल्लेख छ। प्रदेश सचिवलगायत सचिवा