भदौ ९, काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको १ हजार १९० कित्ता शेयर भदौ ९ गते बुधवारदेखि विक्रीमा आएको छ ।
कम्पनीको सदस्य गोरी श्रेष्ठको नाममा रहेको उक्त शेयर प्रतिकित्ता रू. ७०१ मूल्य तोकेर विक्री खुला गरिएको हो ।
कम्पनीले भदौ ९ गते ३५ दिने सूचना जारी गर्दै संस्थापक शेयरधनीहरुले उक्त शेयर खरीद गर्न चाहेमा तोकिएको अवधिभित्र कम्पनीको केन्द्रिय कार्यालय, कमलपोखरी, काठमाडौंमा लिखित जानकारी बुझाउन भनेको हो ।