काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड ३ करोड ४४ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म ४ करोड ३५ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले गत वर्ष भने नोक्सानी घटाएको हो ।
गत वर्ष कम्पनीको वित्तीय आम्दानी ३ करोड ६९ लाख रुपैयाँभन्दा बढी भएकाले खुद नोक्सानी घट्न पुगेको हो । कम्पनीले हालसम्म विद्युत विक्री आम्दानी भने गरेको छैन । हाल कम्पनीको चुक्ता पूँजी ६ अर्ब रुपैयाँ छ । रिटेन्ड अर्निङ भने ३८ करोड ११ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ ।
दीर्घकालीन कर्जा अघिल्लो वर्ष ७ अर्ब ७९ करोड रुपैयाँभन्दा बढी रहेकोमा गत वर्ष ११ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । वार्षिक ५७ रुपैयाँ प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ९३ रुपैयाँ ६५ पैसा छ ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्