काठमाडौँ । जापान भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आणविक बम खसालिएको हिरोशिमा सहरमा रहेको सङ्ग्रहालयको अवलोकन गरेका छन् । दोस्रो विश्वयुद्धको क्रममा अमेरिकाले दुई जापानी सहर हिरोशिमा र नागासाकीमा परमाणु बम खसालेको थियो । प्रचण्ड पाँच दिने भ्रमणका लागि अस्ति जापान गएका हुन् । नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान जानु […]