१७ मंसिर,काठमाडौं । ललितपुर महानगरपालिकाको पाटन दरबार क्षेत्रमा र्याम्पबाट अपाङ्गता भएका व्यक्तिहरुले अवलोकन गरेका छन् । अपाङ्गता भएका व्यक्तिको ३२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा ललितपुर महानगरपालिकाले र्याम्पको व्यवस्था गरेर अपाङ्गता भएका व्यक्तिहरुलाई अवलोकन गराएको हो । अवलोकन गराउने क्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले अपाङ्गता भएका व्यक्तिको कठिन जीवनयापनलाई सहज बनाउन योजनाबद्ध ढंगबाट काम गरेको दाबी […]