केवलकार सञ्चालनपछि मौलाकालिकामा बढे भक्तजन

चितवन- मौलाकालिका मन्दिर पुग्ने केवलकार सञ्चालनमा आएपछि भक्तजनको सङ्ख्या बढेको छ । विगतको तुलनामा २५ प्रतिशत भक्तजन बढेका हुन् । धार्मिक सेवा समिति मौलाकालिकाका अध्यक्ष शालिग्राम सापकोटाका अनुसार केवलकार चलेपछि भक्तजनको सङ्ख्या २५ प्रतिशत हाराहारी बढेको छ । अहिले शनिबार एक हजार पाँचको हाराहारी भक्तजन मन्दिर दर्शनका लागि पुग्ने गरेका छन् । अन्य बार यो सङ्ख्या […]

सम्बन्धित सामग्री

केवलकार बन्द हुँदा मनकामनामा ६० प्रतिशत भक्तजन घटे

२८ साउन, गोरखा । मर्मत सम्भारका लागि भन्दै गत असार ३१ गतेदेखि मनकामना केवलकार बन्द छ । बन्दका कारण मन्दिर आउने भक्तजनको संख्या ह्वात्तै घटेको छ । तुलनात्मक रुपमा करिव ६० प्रतिशतले भक्तजन घटेको मनकामना मुल …

केवलकार बनेपछि मौलाकालिका मन्दिरमा भक्तजन बढे

गैँडाकोटमा रहेको मौलाकालिका मन्दिरमा भक्तजनको भीड लागेको छ। दशैँको नवदुर्गा सुरु भएदेखि भक्तजन आउनेक्रम बढ्दै गएको हो।

केवलकार बनेपछि मौलाकालिका मन्दिरमा भक्तजन बढे

गैँडाकोटमा रहेको मौलाकालिका मन्दिरमा भक्तजनको भीड लागेको छ। दशैँको नवदुर्गा सुरु भएदेखि भक्तजन आउनेक्रम बढ्दै गएको हो।...

मनकामना केवलकारमा यात्रुको चाप बढ्दै

असोज २२, काठमाडौं । कोभिडका कारण लामो समय बन्द रहेको मनकामना केवुलकारमा यति बेला यात्रुको चाप बढ्दै गएको छ । गत भदौ २३ गतेदेखि सञ्चालनमा आएको केवलकारमा नौरथा लागेसँगै यात्रुको चाप बढेको हो । मनकामना दर्शन प्रालिका सहायक महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार बिहीवार केवलकार यात्रा गर्नेको संख्या दुई हजार ३०० रहेको थियो । खुलेको पहिलो दिन भदौ २३ गते ५०० हाराहारी रहेको संख्या क्रमशः बढ्दै गएको हो । गएको वैशाख १६ गतेदेखि केवलकार बन्द रहेको थियो । कोभिडका कारण ठूलो नोक्सान बेहोर्नुपरेको शेरचनले बताए । विगतका वर्षमा यात्रुको चाप हुँदै गर्दा एकै दिन आठ हजार ८०० सम्म यात्रुले केवलकार चढेको तथ्यांक छ । चितवनको इच्छाकामना गाउँपालिकाको कुरिनटारस्थित चेरेसमा केवलकारको मुख्य स्टेशन छ । त्यहाँबाट गोरखाको मनकामनामा केवलकार चढेर मन्दिरको दर्शन गर्न भक्तजन जाने गर्दछन् । भारतीय पर्यटक आइनसकेकाले संख्या धेरै बढेको छैन । भारतीय पर्यटक आएसँगै यो संख्या बढेर जाने शेरचनले बताए । रासस