लमजुङ । लोपोन्मुख अवस्थामा पुगेर दुर्लभ मानिएको सालक लमजुङमा भेटिएको छ । तामे जातको सालक घाइते अवस्थामा उद्धार गरिएको सव डिभिजन वन कार्यालय धमिलीकुवामार्फत जंगलमा छाडिएको छ । लमजुङको पूर्वी क्षेत्रमा रहेको राइनास नगरपालिका– ९, मोहोरियाकोट गाउँका जगत भुजेल छउमा सालक भेटिएको हो । घरपालुवा कुकुरले जंगलबाट सालक बोकर आएको उनले बताए । उनका अनुसार […]
The post लमजुङमा लोपोन्मुख तामे सालक फेला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
खोला किनारस्थित झाडीमा घाईते अवस्थामा रहेको ध्वाँसेलाई स्थानीयले देखेर खवर गरेपछि सबडिभिजन वन कार्यालय मैनामैनीका सुरक्षाकर्मी र कर्मचारीले उद्धार गरेका हुन्।...
कावासोती – लोपोन्मुख अवस्थामा रहेका डङ्गर प्रजातिको गिद्ध मृत फेला परेको छ। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती–३ स्थित केरुङ्गे खोलाको छेउमा पाँच वटा डङ्गर प्रजातिको गिद्ध मृत भेटिएको डिभिजन वन कार्यालयले जनाएको छ। वन अधिकृत मोहनराज काफ्लेले पाँच गिद्ध मृत अवस्थामा र दुई घाइते अवस्थामा फेला परेको जानकारी दिए। ‘गिद्ध मरेको ठाउँमा एउटा स्याल पनि मरेको भेटिएको […]
क्यासपियन सागरको कजाख समुद्र तटहरूमा १३० भन्दा बढी लोपोन्मुख सिल मृत फेला परेका छन् । कजाकिस्तानको पर्यावरण मन्त्रालयले देशको पश्चिममा क्यासपियन सागरको तटहरूमा १३१ सिलहरू मृत फेला परेको जनाएको छ । शव परीक्षण गरिने र यस क्षेत्रको माटो र पानीको नमुनाहरू विश्लेषण गरिने काजाख वातावरण विशेषज्ञहरूले बताए ।संसारको सबैभन्दा ठूलो अन्तरदेशीय पानी क्यासपियन सागरमा अवस्थित यी सिललाई काजाख सरकारले नोभेम्बर २०२० मा लोपोन्मुख प्रजातिहरूको सूचीमा राखेको थियो । क्यासपियन सागर पाँच देशहरूः रूस, काजाकिस्तान,
काठमाडौँ,९ भदौ । सप्तरीको कंचनरुप नगरपालिका–१० बदगामामा फेला परेको ठूलो खालको अजिङगरलाई आज उद्धार गरिएको छ । स्थानीय डम्बरखडगा यादवको फुसको घरकोमाथि चारमा रहेको उक्त अजिङगरलाई उद्धार गरिएको हो । सबडिभिज वन कार्यालयबाट गएको टोलीले अन्दाजी छ÷सात फिट लामो लोपोन्मुख अजिङगरलाई उद्धार गरिएको वन कार्यालयका प्रमुख रामदेव चौधरीले जनाकारी दिए । करिब १० केजीको उक्त […]
पश्चिम नवलपरासी : पश्चिम नवलपरासीमा प्रकृतिको कुचीकार मानिने लोपोन्मुख मानिने गिद्ध सयभन्दा बढी संख्यामा मृत अवस्थामा फेला परेका छन्।जिल्लाको रामग्राम नगरपालिका वडा नम्बर ४, पाल्ही बहुमुखी क्याम्पसबाट पश्चिमतर्फ रहेको खेतमा मरेका गिद्ध भेटिएका हुन्।यसअघि त्यस क्षेत्रमा गिद्ध देखिने गरेको थिएन। तर, एकाएक कसरी सयौँको संख्यामा मृत अवस्थामा गिद्ध फेला पर्यो भन्नेबारे अहिलेसम्म कुनै जानकारी थाहा लागेको छैन।रामग्राम नगरपालिकाबाट प्राविधिकहरूलाई खटाएर केही नमूना भैरहवा लगी जाँच गर्
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भुलुवास्थित आधारभूत विद्यालयमा आज दिउँसो लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ ।
शिक्षक बस्ने कोठामा करिब १० फिट लम्बाइ र १० किलोग्राम तौल भएको अजिङ्गर फेला परेकोे विद्यालयका शिक्षक ओमप्रकाश रजकले जानकारी दिनुभयो ।
विद्यालयका विद्यार्थीले देखेपछि अजिङ्गरको संरक्षणका लागि इलाका प्रहरी कार्यालय भारदह र सबडिभिजन वन कार्यालय कञ्चनपुरलाई खबर गरेका थिए । फेला पारेको अजिङ्गरलाई प्रहरी र वन कार्यालयको संयुक्त टोलीले उद्धार गरेका थिए ।
कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिका–६ मुसपानीमा लोपोन्मुख अजिङ्गर फेला परेको छ। स्थानीय लप्टन चौधरीको खेतमा मंगलबार आठ किलो ५०० ग्राम तौल भएको र १० फिट लामो लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको हो।
स्थानीय बासिन्दाले अजिङ्गर देखेपछि जिल्ला वन कार्यालयलाई खबर गरेका थिए। अजिङ्गरको सकुशल उद्धार गरी शुक्लाफाँटा रा...