नेपाल बैंकले ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने

काठमाडौं। नेपाल बैंक लिमिटेडले ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ। यही बैशाख २२ गते बैंकले साढे ८ प्रतिशत ब्याजदरका हिसाबले ऋणपत्र निष्काशन गर्न लागेको हो। बैंकले प्रतिकित्ता एक हजारका दरले ३ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्काशन गर्नेछ।

सम्बन्धित सामग्री

३० लाख कित्ता ऋणपत्र निष्काशन गर्दै कुमारी बैंक

कुमारी बैंकले १० (दस) वर्षे अवधिको ऋणपत्र जारी गर्ने भएको छ । ११% व्याजदर भएको “११% केविएल डिवेन्चर २०८९” ऋणपत्र  १,००० अंकित दरको ३० लाख कित्ता निष्काशन हुनेछ । त्यसका लागि नेपाल धितोपत्र बोर्डबाट भदौ १ गते स्वीकृति प्राप्त भइसकेको छ । ३ अर्ब बराबरको ऋणपत्र मध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने तथा १२ लाख कित्ता ऋणपत्र सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने गरिने बैंकले जनाएको छ । यस ऋणपत्र निष्काशनको लागि धितोपत्र निष्काशन तथा बिक्र

नेपाल एसबिआई बैंकले असार २२ गतेदेखि ऋणपत्र निष्काशन गर्ने, ब्याज कति ?

नेपाल एसबिआई बैंकले असार २२ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।३० लाख कित्ता मध्ये १२ लाख कित्ता अर्थात् १ अर्ब २० करोड बराबरको ऋणपत्र सर्बसाधारणको लागि र बाँकि १८ लाख कित्ता अर्थात् १ अर्ब ८० करोड बराबरको ऋणपत्र व्यक्तिगत तबरबाट बिक्रि गरिने बैंकले जनाएको छ। यस ऋणपत्रमा सामुहिक लगनी कोषहरुले आवेदन दिएका छैनन् ।  ऋणपत्र निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । यस ऋणपत्रमा छिटोमा असार २६ र सो अवधिसम्ममा पुरै आवेदन नपरेमा ढिलोमा साउन ४ गतेसम्म आवेदन दिन सकिने छ  ।  आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम १२ लाखकित्तासम्मको लागि आवेदन दिन सकिने छ  । ५ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १०.२५ प्रतिशत ब्याज प्रदान गर्ने छ ।

सिद्धार्थ बैंकले ४ अर्बको ऋणपत्र निष्काशन गर्न पायो अनुमति, ब्याज कति ?

सिद्धार्थ बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले जेठ २७ गते कम्पनीलाई ऋणपत्र निष्काशनको लागि अनुमति दिएको हो । यस संगै अब बैंकले ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने छ । जस मध्ये १६ लाख कित्ता अर्थात् १ अर्ब ६० करोड बराबरको ऋणपत्र सर्बसाधारणलाई निष्काशन हुनेछ भने २४ लाख कित्ता अर्थात् २ अर्ब ४० करोड बराबरको ऋणपत्र 'प्राइभेट प्लेसमेन्ट' अर्थात् व्यक्तिगत तवरमा बिक्रि हुने छ ।१० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १०.७५ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ ।  ऋणपत्र निष्काशनको लागि बैंकले कुमारी क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।

प्राइम कमर्शियल बैंकले चैत्र १६ देखि ऋणपत्र निष्काशन गर्ने, कति पाइन्छ ब्याज ?

प्राइम कमर्शियल बैंकले चैत्र १६ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । कम्पनीले  १,००० अंकित दरको २५ लाख कित्ताले हुन आउने २ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो । जस मध्ये १५ लाख कित्ता निजि अर्थात् व्यक्तिगत तबरले बिक्रि गरिने र १० लाख कित्ता सर्बसाधारणलाई बिक्रि गरिने बैंकले जानाएको छ । सर्वसाधारणलाई छुट्याईएको १० लाख कित्ता मध्ये ५० हजार कित्ता सामुहिक लगानी कोषको लागि बाँडफाँड गरिएको छ  । ऋणपत्र निष्काशनको लागि आरबिबि मर्चेन्ट बैंकिंग बिक्रि प्रबन्धक रहेको छ । यस ऋणपत्रमा छिटोमा चैत्र २१ गतेसम्म र सो अवधिसम्ममा पुरै आवेदन नपरेमा ढिलोमा चैत्र ३० गतेसम्म आवेदन दिन सकिने छ  ।  आवेदन दिंदा न्यनतम २५ कित्ता र अधिकतम ५ लाख कित्तासम्मको लागि आवेदन दिन सकिने छ  । १० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १० प्रतिशत ब्याज प्रदान गर्ने छ ।  नेपाल धितोपत्र बोर्डले बैंकलाई फागुन २३ गते ऋणपत्र निष्काशनको लागि अनुमति दिएको हो। बैंकले पुस २१ गते बोर्डमा आवेदन दिएको थियो।

प्राइम कमर्शियल बैंकले पायो ऋणपत्र निष्काशन अनुमति

प्राइम कमर्शियल बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई फागुन २३ गते ऋणपत्र निष्काशनको लागि अनुमति दिएको हो। बैंकले पुस २१ गते बोर्डमा आवेदन दिएको थियो।बोर्डबाट अनुमति पाएसंगै अब बैंकले  १,००० अंकित दरको २५ लाख कित्ताले हुन आउने २ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्काशन गर्ने छ। जस मध्ये १५ लाख कित्ता निजि तबरले बिक्रि गरिने र १० लाख कित्ता सर्बसाधारणलाई बिक्रि गरिने बैंकले जानाएको छ । ऋणपत्र निष्काशनको लागि आरबिबि मर्चेन्ट बैंकिंग बिक्रि प्रबन्धक रहेको छ ।  १० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १० प्रतिशत ब्याज प्रदान गर्ने छ ।

सिभिल बैंकले मङ्सिर २४ देखि ऋणपत्र निष्काशन गर्ने, १०.२५ प्रतिशत ब्याज

सिभिल बैंक Civil Bank Limited  ले मङ्सिर २४ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । कम्पनीले १,००० अंकित दरको ३०,००,००० (तीस लाख) कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो  । जस मध्ये १८ लाख कित्ता निजि तबरले बिक्रि गरिने र १२ लाख कित्ता सर्बसाधारणलाई बिक्रि गरिने बैंकले जानाएको छ । सर्वसाधारणलाई छुट्याईएको १२ लाख कित्ता मध्ये ६० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । ऋणपत्र निष्काशनको लागि लक्ष्मी क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । यस ऋणपत्रमा छिटोमा मङ्सिर २८ गतेसम्म र सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा पुस ९ गतेसम्ममा आवेदन दिन सकिने छ । १० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १०.२५ प्रतिशत ब्याज प्रदान गर्ने छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असोज २४ गते ऋणपत्र निष्काशनको अनुमति प्रदान गरेको हो । बैंकले ऋणपत्रको लागि  नागरिक लगानी कोष, ग्लोबल आइएमई क्यापिटल, प्रभु क्यापिटल र माछापुच्छ्रे कृती क्यापिटललाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ  ।  जारी गरिने ऋणपत्रहरु सर्वसाधारण र प्राइभेट प्लेसमेन्टबाट निष्काशन अवधिमा माग भए बमोजिम आवेदन प्राप्त हुन नआएमा बाँकी रहेको डिबेन्चर खरिद गर्ने दायित्व चारवटै प्रत्याभूतिकर्ताहरुले लिन मञ्जुर गरेका छन् ।  प्रत्याभूतीकर्ताहरु नागरिक लगानी कोषले २ अर्व, ग्लोबल आइएमई क्यापिटलले रु ३० करोड, प्रभु क्यापीटल लि.ले रु ३५ करोड र माछापुच्छ्रे कृति क्यापिटलले रु ३५ करोड बरावरको ऋणपत्र प्रत्याभुति गरेका हुन् ।

एक अर्बको ऋणपत्र जारी गर्न गरिमा विकास बैंकलाई धितोपत्र बोर्डको अनुमति

काठमाडौँ– गरिमा विकास बैंकले एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। बैंकले प्रति इकाई एक हजार रुपैयाँ अंकित दरका एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो। बैंकले जारी गर्ने सात वर्ष अवधिको गरिमा डिबेञ्चर–२०८५ मा लगानी गर्ने लगानीकर्ताले वार्षिक आठ दशमलव ७५ […]

गरिमा विकास बैंकले पायो ऋणपत्र निष्काशन अनुमति, ब्याज कति ?

गरिमा विकास बैंक Garima Bikas Bank Limited ले नेपाल धितोपत्र बोर्डबाट ऋणपत्र निष्काशनको अनुमति पाएको छ । बोर्डले बैंकलाई कार्तिक १७ गते अनुमति प्रदान गरेको हो । बोर्डबाट अनुमति पाएसंगै बैंकले १ हजार अंकित दरको १० लाख कित्ताले हुने रु.१ अर्ब रकम बराबरको ऋणपत्र निष्काशन गर्नेछ  । जस मध्ये ६ लाख कित्ता अर्थात् ६० करोड रुपैयाँ बराबरको ऋणपत्र निजि तबरबाट बिक्रि हुने छ भने ४ लाख कित्ता अर्थात् ४० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणको लागि बिक्रि खुला गरिने बैंकले जनाएको छ  । यस ऋणपत्रमा बैंकले ८.७५ प्रतिशत ब्याज प्रदान गर्ने छ ।एनआईबिएल एस क्यापिटल  ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा रहेको छ ।

गरिमाको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

गरिमा विकास बैंकले एनआईबिएल एस क्यापिटललाई ऋणपत्र निष्काशनका लागि बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बैंकले ८.७५ प्रतिशत गरिमा ऋणपत्र निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको छ ।बंैकले एक हजार रुपैयाँ अंकित दश लाख कित्ता बराबरको एक अर्ब रकम बराबरको ऋणपत्र निष्काशन गर्ने जनाएको छ ।बैंकले २०६४ साल असोजबाट वित्तीय कारोबार गर्न नेपाल […]

नेपाल बैंकको ३५ लाख कित्ता ऋणपत्र निष्काशन हुँदै, वार्षिक साढे ८ प्रतिशत ब्याजदर

काठमाडौं । नेपाल बैंक लिमिटेडले ३५ लाख कित्ता ऋणपत्र वैशाख २२ गतेबाट निष्काशन गर्दैछ । वार्षिक साढे ८ प्रतिशत ब्याजदरमा बैंकले बैशाख २२ गतेदेखि ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र–२०८७’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । सो ऋणपत्रको अवधि १० वर्ष रहने बैंकले जनाएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । सोमध्ये १ अर्ब ४० करोड रुपैयाँ बराबरको १४ लाख कित्ता सर्वसाधारणलाई बिक्री