९ फागुन, बुटवल । चीनमा फैलिएको कोरोना भाइरस संक्रमणको असर भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समेत परेको छ ।
विमानस्थल निर्माणको काम चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले गरिरहेको छ । तर कोरोना भाइरसको संक्रमण बढेसंगै …
गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउनु नेपालका लागि महŒवपूर्ण उपलब्धि हो । तर, यो उपलब्धिसँगै नेपाल–भारत सम्बन्धमा नयाँ आयाम सृजनाको आंशका गरिएको छ ।
खुला सिमाना भएकाले सिमानानजिकै उसले नेपालको अन्तरराष्ट्रिय विमानस्थल नचाहेको र यही कारण पश्चिमको रुट दिन आनाकानी गरेको बुझ्न सकिन्छ ।
नेपालले गौतमबुद्ध विमानस्थल बनाउन थालेपछि भारतले कुशीनगरमा अन्तरराष्ट्रिय विमानस्थल निर्माण गरेकाले यस्तो आशंकालाई बलियो बनाएको हो । गौतमबुद्ध विमानस्थल उद्घाटन गरेकै दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कुशीनगरबाट लुम्बिनी भ्रमणका लागि नेपाल आइपुगे । दिल्लीबाट कुशीनगरसम्म जहाजमा र कुशीनगरदेखि हेलिकोप्टर यात्रा गरेका मोदीले भैरहवा विमानस्थलमा अवतरण नगरी लुम्बिनीको हेलिप्याडमा अवतरण गरे । उनको सुरक्षा रेकी गर्न आएको भारतीय वायु सेनाको विमान भने भैरहवा विमानस्थलमा अवतरण गरेको थियो । यसको कूटनीतिक अर्थ भारतले भैरहवामा अन्तरराष्ट्रिय विमानस्थल नचाहेको भन्ने निकालिएको छ । भैरहवाबाट प्रवेश विन्दु नदिनुको कारण पनि यही रहेको विश्लेषण गरिएको छ ।
गौतमबुद्ध विमानस्थलका लागि पुरानै हवाई रुट प्रयोग गर्नुपर्ने बाध्यता छ । भैरहवा प्रवेशका लागि पश्चिमी नाका (महेन्द्रनगरदेखि भैरहवासम्म) को प्रवेश विन्दु दिन नेपालले आग्रह गरेको धेरै भइसकेको छ । तर, भारतले अहिलेसम्म यस्तो आग्रहको सुनुवाइ गरेको छैन । बरु, भैरहवानजिकै कुशीनगरमा अन्तरराष्ट्रिय विमानस्थल निर्माण गरेर नेपालले मागेको हवाई रुट नदिने संकेत गरिरहेको छ । यसले नेपाल भारत सम्बन्धलाई थप जटिल बनाउने सम्भावनासमेत देखिन्छ ।
पूर्वबाट आएका विमानका लागि साबिकको रुटले केही असर गर्दैन तर पश्चिमबाट आएका विमान भने सिमराबाट नेपाल प्रवेश गरी फेरि पश्चिमतिरै लाग्नुपर्छ । जसले गर्दा लागतको साथै समय पनि बढी लाग्छ । भारत सिद्धान्तत: यो प्रवेश विन्दु उपलब्ध गराउन सहमत भइसकेको हो । तर, सुरक्षा अधिकारीले सुरक्षाको चिन्ता देखाएको भन्दै स्वीकृति दिन भने पछि हटेको छ । प्रधानमन्त्रीकै तहमा यो कुरा उठेर पनि यसबारे सहमति जुट्न सकेको छैन ।
भारतले २१ हजार फीटभन्दा माथिबाट आउने हो भने भैरहवा प्रवेशविन्दु दिन सकिने शर्त राखेको छ । तर यति उचाइबाट आएको विमानले भैरहवा विमानस्थलमा सिधै अवतरण गर्न सक्दैन, आकाशमै एकदुई फन्को लगाउनुपर्ने हुन्छ । भारतको यो प्रस्तावबाट पनि उसले भैरहवा विमानस्थल मन नपराएको संकेत गर्छ । यी विन्दुबाट नेपाल छिर्न नदिए पनि बाहिर निक्लन भने स्वीकृति दिएको छ । यसो गर्नुमा पक्कै पनि सुरक्षाको चासो हुन सक्छ ।
काठमाडौंकै विमानस्थलमा समेत उसले सुरक्षा चिन्ता व्यक्त गर्दै भारतीय सुरक्षाकर्मी राख्न पहल गरेको थियो । खुला सिमाना भएकाले सिमानानजिकै उसले नेपालको अन्तरराष्ट्रिय विमानस्थल नचाहेको र यही कारण पश्चिमको रुट दिन आनाकानी गरेको बुझ्न सकिन्छ । भोलिका दिनमा निजगढ विमानस्थलले पनि यही नियति भोग्न सक्छ । त्यस्तै उसले पश्चिमबाट नेपाल छिर्ने अन्य प्रवेश विन्दु पनि नदिने सम्भावना बढी छ ।
भैरहवामा विमानस्थल सञ्चालन गरेर नेपाले पूर्वाधारमा ठूलै फड्को मारेको देखिन्छ । तर रणनीतिक र व्यावसायिक सम्भावना हेर्न भने नपुगेको हो कि भन्ने देखिन्छ । चीनले बनाएको विमानस्थल भनेर मोदीले प्रयोग नगरेको अर्थ पनि लगाएको पाइन्छ तर यो विमानस्थल एडीबीको ऋण सहयोगमा बनेको हो । अन्तरराष्ट्रिय बोलपत्रको प्रतिस्पर्धाबाट छानिएको चिनियाँ कम्पनीले यसको निर्माण गरेको हो । त्यसैले नेपालले ठूलै कूटनीतिक पहल गरेर मात्रै यो विमानस्थलका लागि पश्चिमतर्फको प्रवेश विन्दु प्राप्त गर्न सक्ने देखिन्छ । यसका लागि नेपालले भारतका केही शर्त मान्नुपर्ने पनि हुन सक्छ । नेपालले त्यस्तो क्षमता र चातुर्य देखाउन सक्ला त ?
लुम्बिनी प्रदेशका १२ वटा जिल्लामध्ये ८ वटा जिल्लामा विमानस्थल निर्माणको प्रक्रिया चलिरहेको छ । हाल सञ्चालनमा रहेका ३ विमानस्थलबाहेक अन्य विमानस्थल निर्माण प्रक्रियामा छन् । प्रदेशमा गौतमबुद्ध विमानस्थल भैरहवा, नेपालगञ्ज विमानस्थल बाँके र दाङको टरीगाउँ विमानस्थल चालु अवस्थामा छन् । प्रदेशका अन्य जिल्ला गुल्मी, अर्घाखाँची, प्युठानलगायतमा विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाइएको छ ।कतिपय जिल्लामा ‘ईआईए’को काम हुँदैछ । कतिपय जिल्लामा रनवे तथा पिचको काम भइरहेको छ भने केही जिल्लामा सम्भ
‘यो अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठनको फोर ई क्याटेगोरीको विमानस्थल हो, यहाँ एयर बस ३३०, बोइङ ७७७, २०० सिरिज क्याटेगोरीका जहाज आउन सक्छन्,’ उनले भने। विमानस्थल निर्माण सम्पन्न भएपछि वार्षिक ६० लाख यात्रु व्यवस्थापन गर्न सकिने आयोजनाको लक्ष्य छ।
भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी बुद्ध पूर्णिमादेखि सञ्चालनमा आउने भएको छ । विमानस्थल निर्माण आयोजनाले बुद्ध पूर्णिमादेखि विमानस्थल सञ्चालनमा आउने जानकारी दिएको हो । यद्यपि यसको औपचारिक निर्णय भने नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्नुपर्नेछ ।
काठमाडौं। आम नेपालीमा उत्साह र भरोसा बढाउने गरी अगाडि बढेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा समस्या खडा गर्ने र समयमै काम सम्पन्न हुन नदिने संकेत देखा परेका छन् । यसले गर्दा राष्ट्रिय ...
काठमाडाैं – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ५५ प्रतिशत भन्दा बढी सम्पन्न भएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाले अहिले विमानस्थलनको रन वे कालोपत्रे गर्ने काम धमाधम सुरु गरेको छ । निर्माण कार्य गरिरहेको चिनियाँ कम्पनीले चाइनाबाटै ल्याएका मजदुरबाट निर्माणको काम भैरहेको छ ।
...