धनुषामा सीके राउतका कार्यकर्ता र प्रहरीबीच झडप, रबरका गोली प्रहार

काठमाडौं । धनुषाको पोर्ताहा पुलमा प्रहरी र सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताबीच आइतबार झडप भएको छ । झडपका क्रममा दुवैतर्फ केही घाइते भएका छन् । प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरका अनुसार स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड रबरका गोली प्रहार गरेको छ । पोर्ताहा पुलमा राउतका कार्यकर्ताले टायर बालेर बाटो अवरुद्ध...

सम्बन्धित सामग्री

राजधानीमा दुई थरी प्रदर्शन

राजधानीमा बिहीबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा बल्खुमा र एमालेको युवा संघले तीनकुनेमा प्रदर्शन गरेका छन् । प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ का सहभागी र प्रहरीबीच झडप भएको छ । सभा गर्न तोकिएको पूर्वनिर्धारित स्थान बल्खु सडकबाट कुलेश्वर–कालीमाटी क्षेत्र प्रवेश गर्न खोजेपछि भीडलाई रोक्न प्रहरीले अश्रुग्यास, पानीको फोहरा, लाठी र रबरका गोली प्रहार गरेको थियो । त्यस क्रममा प्रहरी र प्रदर्शनकारीतर्फ केही व्यक्ति घाइते भएका छन् ।

बङ्गलादेशमा गार्मेन्ट मजदुर आन्दोलनमा, प्रहरी झडपमा १ को मृत्यु

तलबमान वृद्धिको मागसहित आन्दोलनमा उत्रेका बङ्गलादेशका गार्मेन्ट मजदुरमाथि प्रहरीले अश्रुग्याँस र रबरका गोली प्रहार पर्दा एक मजदुरको बुधवार मृत्यु भएको छ।...

बङ्गलादेशमा गार्मेन्ट मजदुर आन्दोलनमा, प्रहरी झडपमा १ को मृत्यु

तलबमान वृद्धिको मागसहित आन्दोलनमा उत्रेका बङ्गलादेशका गार्मेन्ट मजदुरमाथि प्रहरीले अश्रुग्याँस र रबरका गोली प्रहार पर्दा एक मजदुरको बुधवार मृत्यु भएको छ।...

चुनावी सरकारको माग गर्दै बंगलादेशमा चर्कियो प्रदर्शन

बंगलादेशमा प्रधानमन्त्री सेख हसिनाको राजीनामाको माग गर्दै राजधानी ढाकाका मुख्य सडक अवरुद्ध गरिरहेका बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का समर्थकसँग प्रहरीको झडप भइरहेको छ । प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास र रबरका गोली प्रहार...

इरानमा हिजाब जलाएर महिलाहरुले गरे सरकारविरुद्ध प्रदर्शन

हिजाब कानुन उल्लंघन गरेको आरोपमा पक्राउ परेकी एक महिलाको हिरासतमा मृत्यु भएपछि इरानमा बढ्दो विरोध प्रदर्शनमा महिला प्रदर्शनकारीहरू अग्रपंक्तिमा छन् । आक्रोशित प्रदर्शनकारीहरुले सार्वजनिक स्थलमै स्कार्फ जलाएका छन् । प्रदर्शनकारी र प्रहरीबीच विभन्न स्थानमा झडप भएको छ । लगातार पाँच रातसम्म देशका विभिन्न सहरमा प्रदर्शन भइरहेका छन् । प्रदर्शन नियन्त्रण गर्न सरकारले पानीको छर्रा, अश्रु ग्यास र रबरका गोली प्रहार गरेको छ । कम्तीमा तीन जना प्रदर्शनकारी घाइते भएका छन् । तीन दिन कोमामा रहेकी महसा

स्वीडेनमा प्रदर्शनकारीमाथि रबरका गोली प्रहार, केही प्रहरी नियन्त्रणमा

काठमाडाैं । स्वीडेनमा मुस्लिम धर्मावलम्बीको धर्मग्रन्थ कुरान जलाएको विषयमा भड्किएको हिंसा नियन्त्रण बाहिर गएको छ । ४ दिन यता भइरहेको हिंसा नियन्त्रण बाहिर गएको हो । स्वीडेनको पूर्वी सहर नोर्कोपिङमास्थिति नियन्त्रणमा लिन प्रहरीले रबरको गोली प्रहार गर्दा तीन जना घाइते भएका छन् । स्थानीय प्रहरीले आक्रमणको धम्कीपछि चेतावनी स्वरूप गोली चलाएको त्यहाँका संचार माध्यमले जनाएका […]