इरानमा हिजाब जलाएर महिलाहरुले गरे सरकारविरुद्ध प्रदर्शन

हिजाब कानुन उल्लंघन गरेको आरोपमा पक्राउ परेकी एक महिलाको हिरासतमा मृत्यु भएपछि इरानमा बढ्दो विरोध प्रदर्शनमा महिला प्रदर्शनकारीहरू अग्रपंक्तिमा छन् । आक्रोशित प्रदर्शनकारीहरुले सार्वजनिक स्थलमै स्कार्फ जलाएका छन् । प्रदर्शनकारी र प्रहरीबीच विभन्न स्थानमा झडप भएको छ । लगातार पाँच रातसम्म देशका विभिन्न सहरमा प्रदर्शन भइरहेका छन् । प्रदर्शन नियन्त्रण गर्न सरकारले पानीको छर्रा, अश्रु ग्यास र रबरका गोली प्रहार गरेको छ । कम्तीमा तीन जना प्रदर्शनकारी घाइते भएका छन् । तीन दिन कोमामा रहेकी महसा