काठमाडौं : कोरोना महामारीका कारण सरकारले माघ मसान्तसम्म विद्यालयमा भौतिक रुपमा पठनपाठन गर्न रोक लगाए पनि काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले भौतिक रुपमै विद्यालय संचालन गर्ने भएको छ। नगरपालिकाले बिहीबार सूचना निकाल्दै आगामी माघ २३ गते आइतबारदेखि नगर क्षेत्रभित्रका सबै विद्यालयमा भौतिक रुपमा पठनपाठन गर्न निर्देशन दिएको हो। नगरभित्रका सामुदायिक एवं संस्थागत विद्यालयका शिक्षक, अभिभावक, शिक्षाका पेशागत संस्थाका पदाधिकारीको माग अनुसार शिक्षा समितिको मंगलबार बसेको बैठक विद्यालय खोल्ने नि