कोरोना भाइरस (कोभिड–१९) को पूर्ण खोप लगाएकाहरुलाई क्यूआर कोड सहितको विद्युतीय प्रमाणीकरण कार्ड उपलब्ध गराउन ढिलाइ भए पछि सेवाग्राहीहरुले सास्ती खेप्नु परेको छ । सरकारले साउन २१ गते देखि क्यूआर कोड सहितको विद्युतीय प्रमाणीकरण कार्ड उपलब्ध गराउन थाले पनि हालसम्म व्यवस्थित गर्न सकेको छैन ।