कर्णालीमा जीवनबहादुर शाही नेतृत्वको सरकार गठन भएको शुक्रबार १७ दिन पुग्यो । तर, अहिलेसम्म मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् विस्तारलाई पूर्णता दिन सकिरहेका छैनन् । सत्तारुढ गठबन्धनमा रहेका प्रमुख तीन दल नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीका बीचमा मन्त्री छनोट र मन्त्रालय भागबण्डाको विषयमा अझै टुङ्गो लाग्न सकिरहेको छैन ।आलोपालो नेतृत्व गर्ने सहमति भएअनुसार महेन्द्रबहादुर शाहीले सत्ता हस्तान्तरण गरेको १६ दिनसम्म पनि मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्रिपरिषद् विस्