पछिल्लो समय सानोतिनो समस्या हुँदा कतिपयले आफूखुसी औषधि सेवन गरिरहेका हुन्छन् । यसमा पनि धेरैले पारासिटामोलको प्रयोग जथाभावी रुपमा गरेको पाइन्छ । अझ एउटा चक्कीले निको नभएपछि डब्ल्याउने मात्र होइन, घण्टा-घण्टामा उपभोग गर्ने गरेको देखिन्छ । अझ औषधि बिक्रेताले समेत यसलाई चकलेट बेचेजस्तो बेच्ने प्रचलनले पनि यसको उपयोगिता सहज बनेको देखिन्छ । बजारमा सजिलै […]