किसानलाई आत्मनिर्भर बनाइँदै

दोलखा – दोलखाको मेलुुङमा रहेको गाउँघर सानाकिसान कृषि सहकारी संस्था लिमिटेडले किसानको आत्मनिर्भरतामा केन्द्रित रहेर कार्य गरिरहेको छ। विगत ११ वर्षदेखि कृषकसँग प्रत्यक्ष सरोकार राख्दै बचत, ऋण प्रवाहको अलावा स्वरोजगारमूलक तालिम, बीउविजन वितरण, कृषि प्रविधि सहयोगलगायत कार्यक्रम सञ्चालन गर्दै आएको गाउँघर साना किसान कृषि सहकारी संस्था लिमिटेड मेलुङ दोलखाले यहाँका नागरिकको रोजगारीका लागि विभिन्न कार्य […]

सम्बन्धित सामग्री

महिलालाई बाख्रापालनबाट आत्मनिर्भर बनाइँदै

बाँकेको डुडुवा गाउँपालिकामा विपन्न, दलित तथा सीमान्तकृत महिलालाई आम्दानीसँग जोडेर आत्मनिर्भर बनाउन बाख्रा वितरण गरिएको छ।

महिलालाई उद्यमसँग जोडेर आत्मनिर्भर बनाइँदै

जिल्लाको तमानखोला गाउँपालिकाले महिलालाई उद्यमसँग जोडेर आत्मनिर्भर बनाउने प्रयास थालेको छ। गाउँपालिकाले छवटै वडाका महिलालाई सीप सिकाएर उद्यमसँग जोडेको हो।

महिलालाई उद्यमसँग जोडेर आत्मनिर्भर बनाइँदै

जिल्लाको तमानखोला गाउँपालिकाले महिलालाई उद्यमसँग जोडेर आत्मनिर्भर बनाउने प्रयास थालेको छ। गाउँपालिकाले छवटै वडाका महिलालाई सीप सिकाएर उद्यमसँग जोडेको हो।

धनगढीमा सीपमूलक तालिम सञ्चालन गर्न छुट्टै भवन बनाइँदै

बेरोजगारलाई निःशुल्क सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउने उद्देश्यले धनगढी उपमहानगरपालिका–१८, फूलबारीमा

जयनगर–कुर्था रेल सेवालाई आत्मनिर्भर बनाउने योजना बनाइँदै

वीरगञ्ज - जयनगर–कुर्था खण्डमा नियमित रेल सेवा सञ्चालन भएको आज एक वर्ष पूरा भएको छ । गत २०७८ साल चैत १९ गते नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा उद्घाटन गरेपछि चैत २० गतेदेखि नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ । जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर रेल्वे मार्गमा...

स्याङ्जालाई बीउमा आत्मनिर्भर बनाइँदै

स्याङ्जा । स्याङ्जालाई बीउमा आत्मनिर्भर बनाउन जिल्लाभरिका बीउ उत्पादक समूह र सहकारीबीच समन्वय भएको छ । वालिङमा रहेको कृषि विकास स्रोतकेन्द्र र कृषि ज्ञानकेन्द्रका समन्वयमा जिल्लामा बीउ उत्पादनका क्षेत्रमा काम गर्दै आएका किसानको भेलाले जिल्लालाई खाद्यान्न तथा तरकारी बालीको बीउ उत्पादनमा आत्मनिर्भर बनाउन समन्वय गर्ने निर्णय गरेको हो । जिल्लालाई खाद्यान्न तथा तरकारी बालीको बीउ उत्पादनमा संलग्न किसान समूह, सहकारी तथा संस्थासँग समन्वय गर्नका लागि जिल्ला बीउबिजन उत्पादन तथा व्यावसायिक समितिसमेत गठन गरिएको कृषि विकास स्रोतकेन्द्र वालिङका प्रमुख सुदीप रेग्मीले जानकारी दिए । उनका अनुसार जिल्लामा बीउ उत्पादनमा सहयोग गर्ने सरकारी, गैरसरकारी, स्थानीय तह तथा निजीक्षेत्रसँग बीउबिजन क्षेत्र विस्तार कार्यका लागि समन्वय गर्ने, प्रत्येक वर्ष जिल्लामा आवश्यक पर्ने स्रोत बीउको परिमाण तथा उक्त स्रोत बीउको तथ्यांक संकलन गरी बीउको परिमाण कृषि ज्ञानकेन्द्र र कृषि विकास स्रोतकेन्द्र वालिङलाई जानकारी गराउनुपर्नेछ । जिल्लालाई बीउमा आत्मनिर्भर बनाउन विभिन्न बीउ उत्पादनसँग सम्बन्धित कार्य सञ्चालन गर्ने, बीउ उत्पादनका क्षेत्रमा काम गर्दै आएका व्यावसायिक बीउ उत्पादक समूह, सहकारीलाई आवश्यक सल्लाह, सुझाव तथा परामर्श दिने मुख्य उद्देश्य रहेको उनले बताए । जिल्लामा धान, मकै, गहुँ, आलुलगायतका तरकारीबालीका क्षेत्रमा गुणस्तरयुक्त बीउ उत्पादन गर्न २१ समूह, सहकारी सूचीकृत छन् । यहाँ बीउ उत्पादनका क्षेत्रमा काम गर्ने समूह तथा सहकारीले उत्पादन गर्ने बीउको परिमाण र उपभोक्ताले आफूलाई आवश्यक पर्ने बीउको माग गर्न मिल्ने गरी सफ्टवयरको विकास गरिएको छ ।  रासस

दैलेखमा कृषिमा व्यवसायीक बनाइँदै

दैलेख – कोरोना महामारीले वैदेशिक रोजगारी गुमेका तथा अन्य कोरोना प्रभावित कृषक समुहका सदस्यलाई कृषिमा आत्मनिर्भर बनाउन विभिन्न क्रियाकलापको थालनी गरिएको छ । यहाँको एक गैर सरकारी संस्थाको पहलमा दैलेखका दुई स्थानीय तहका प्रभावित स्थानमा कृषक समुह गठन गरी कृषक समुहका सदस्यलाई व्यवसायीक रुपमा कृषिमा आत्मर्निभर वनाउने कामको थालनी गरिएको हो ।वैदेशिक रोजगारी गुमेर कामविहीन […]

कञ्चनरूपमा व्यवस्थित बनाइँदै घरबास

सप्तरी । सप्तरीको पहिलो र प्रदेश २ को दोस्रो घरबास (होमस्टे) रहेको कञ्चनरूप नगरपालिकामा पर्यटन क्षेत्र उकास्न विभिन्न कार्यक्रम सञ्चालन गरिने भएको छ । सोहीअनुसार स्थानीयलाई होमस्टे सञ्चालन र विभिन्न किसिमका परिकार बनाउन सहयोग पुर्‍याउने उद्देश्यले चार दिने तालिम सम्पन्न भएको छ । पर्यटन मन्त्रालयको तारागाउँ विकास समिति काठमाडौंद्वारा दिइएको तालिममा ३५ जनाको सहभागिता थियो ।      होमस्टेका लागि अपनाउनुपर्ने मापदण्ड, पाहुनालाई स्वागत गर्ने तरिका, स्थानीय उत्पादित वस्तुका परिकार, अर्गानिक खाना, बासको व्यवस्था, नेपाली र थारु संस्कृति, आधुनिक परिकारबारे तालिम दिइएको प्रमुख प्रशिक्षक लीलाप्रसाद तिमिल्सिनाले बताए । उक्त अवसरमा टंकप्रसाद चापागाईं, मनोज बस्नेत, रामप्रसाद कँडेलले छुट्टाछुट्टै विषयमा तालिम दिएका थिए ।       कञ्चनरूप नगरपालिका–६ जमुवामा पर्यटकका लागि आठ वटा होमस्टे सञ्चालनमा छ । यहाँ आउनेका लागि ०७५ वैशाखदेखि खाना र बासको व्यवस्था रहेको छ । जैविक विविधतासँगै पारिवारिक वातावरणमा ग्रामीण जीवनशैलीको स्वाद चाख्न होमस्टे आउने पर्यटकलाई कसरी स्वागत तथा सत्कार गर्ने, उनीहरूलाई कस्ता परिकार खुवाउने र होमस्टेको सरसफाइ कसरी गर्नेलगायत विषयको तालिम पाएर होमस्टेले प्रदान गर्ने सेवा थप प्रभावकारी बन्ने पूर्वपिप्रा धरमपुर घोघनपुर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बच्चुलाल चौधरीले विश्वास व्यक्त गरे ।      तालिम समापन अवसरमा प्रमाणपत्र वितरण गर्दै कञ्चनरूप नगरपालिका प्रमुख वसन्तकुमार मिश्रले पर्यटनको अभिन्न अंग मानिने होमस्टेको माध्यमबाट प्राकृतिक र सांस्कृतिक रूपले सम्पन्न जमुवामा ढलानको सडक निर्माण गर्ने प्रतिबद्धता जनाए । ग्रामीण क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्दै स्थानीयलाई पर्यटन व्यवसायमा सहभागी गराई जीवनस्तरमा  सुधार ल्याउन नगरपालिकाले बजेट विनियोजन गर्ने उनको भनाइ छ ।       ग्रामीण पर्यटनमा रमाउने पर्यटकलाई सुलभ, सरल र सहज वातावरणमा स्थानीय परिकार, कला, संस्कृति र रीतिरिवाज पस्किँदै इतिहासबारे नयाँ पुस्तालाई सिकाउनुपर्ने नगरप्रमुख मिश्रले बताए ।      आत्मनिर्भर बनाई स्वदेशमै आयआर्जन गर्न र सक्षम बनाउन तालिमले ठूलो सहयोग पुगेको प्रशिक्षार्थीद्वय महेन्द्र चौधरी र हीराकुमार बिसीले बताए । तालिममा सिकेको सीप र ज्ञानलाई सदुपयोग गर्दै होमस्टेलाई नमुना बनाउने दृढता व्यक्त गरे ।      थारु सामुदायिक होमस्टे एवं थारु संग्र्रहालय स्थापना, निर्माण र विकासमा योगदान पुर्‍याएको भन्दै कोशीटप्पु वन्यजन्तु आरक्षका तत्कालीन प्रमुख संरक्षण अधिकृत रामदेव चौधरी, डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सन्तोषकुमार झा, आइडिएस नेपालका टिमलिडर छोटेलाल चौधरी, जैविक विविधता संरक्षणविज्ञ नन्दलाल माझी र पत्रकार मनोहर पोखरेललाई कार्यक्रममा सम्मानित गरियो ।      होमस्टेका अध्यक्ष विष्णुदेव चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा सप्तरी जिल्लाभरि सर्वोत्कृष्ट नगरपालिका घोषित भएकामा नगरप्रमुख मिश्र र प्रमुख प्रशासकीय अधिकत नवराज खड्कालाई सम्मान गरिएको थियो । थारु सामुदायिक होमस्टे र पूर्वपिप्रा धरमपुर घोघनपुर मध्यवर्ती उपभोक्ता समितिले उनीहरूलाई सम्मान गरेको हो ।      स्थानीय थारु अगुवाहरुले समुदायको ऐतिहासिक रहनसहन, रीतिरिवाज, कला, संस्कृति र जनजीवनलाई जीवन्त राख्न तथा जमुवालाई पर्यटकीय केन्द्र बनाउने उद्देश्यले ०७५ वैशाखमा थारु सामुदायिक होमस्टे सञ्चालनमा ल्याएका हुन् । सोही ठाउँमा ०७७ कात्तिकमा थारु सांस्कृतिक संग्रहालय भवन निर्माण भएको छ ।      आप्mनो कला, संस्कृति, भाषा, वेषभूषा अमूल्य सम्पत्ति भएको र यसको संरक्षणमा आफैं लाग्नुपर्छ भन्ने सोचले होमस्टेपछि थारु सांस्कृतिक संग्राहलय सञ्चालनको तयारी भइरहेको होमस्टेका अध्यक्ष विष्णुदेव चौधरीले बताए ।     होमस्टे क्षेत्र नजिकै अर्ना, हात्ती, साइबेरियन चरा पाइने कोशीटप्पु वन्यजन्तु आरक्ष, चन्द्रशमशेर राणाले बनाएको नेपालकै जेठो चन्द्र नहर, प्रसिद्ध धार्मिक स्थल चतरा र वराहक्षेत्र, त्रियुगा र सप्तकोशी नदी, सामुदायिक वन, चुरे क्षेत्र, कमल दहलगायत प्रसिद्ध धार्मिक स्थल रहेकाले होमस्टे र संग्रहालयलाई आयआर्जनको आधार बनाएर सांस्कृतिक हबका रूपमा विकास गर्न खोजिएको बच्चुलाल चौधरी बताउँछन् । रासस

जयनगर–कुर्था रेल सेवा : आत्मनिर्भर बनाउने योजना बनाइँदै

गत २०७८ साल चैत १९ गते नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गरेपछि चैत २० गतेदेखि सो खण्डमा नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ । जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर रेल्वे मार्गमा अहिले दैनिक दुई आउने र दुई पटक जाने गरेको छ ।