खल्ती डिजिटल वालेट र माछापुच्छ्रेबीच साझेदारी भएसँगै ‘खल्ती’मा बैंक लिंक गर्ने सेवा उपलब्ध भएको छ । ‘खल्ती’मा माछापुच्छ्रे बैंकको लिङ्क गरेमा प्रयोगकर्ताहरुले रु. १०० बोनस तुरुन्तै प्राप्त गर्ने जनाइएको हो ।यस्तै एक जना भाग्यशाली प्रयोगकर्ताले सामसुङ्गको स्मार्टफोन पनि जित्न सक्ने खल्तीले जनाएको छ । बोनस र स्मार्टफोन माछापुच्छ्रे बैंक खाता खल्तीमा पहिलो पटक लिङ्क गर्ने प्रयोगकर्ताका लागि लागू हुने जनाइएको छ । एकपटक प्रयोगकर्ताले बैंकलाई लिङ्क गरेपछ